धनगढी : दिपायलबाट धनगढीका लागि छुटेको बा २ ख १६६५ नम्बरको हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सायल गाउँपालिकाका २६ वर्षीय गणेश साउद रहेका छन्। उनको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचारका क्रममा मृत्यु भएको हो।
बिहान १० बजेतिर गन्यापधुरा गाउँपालिकामा हाइस दुर्घटनामा परेको थियो। दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन्। घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
चालकले गाडी रोकेर शौच गर्न गएका बेला गाडी आफै पछाडि गई सडकबाट करिब ५० मिटर तल खसेको थियो। हाइसमा १४ जना सवार रहेको शैलेश्वरी यातायात समितिका संचालक केआईजंग कुवरले जानाकरी दिए। घाइते सबैको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४