आइतबार, साउन १७, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज चैत ०३ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

राजा जनकको भूमिमा पूर्वराजाको देश चिन्ता

पूर्वराजा ज्ञानेन्द्र शाह चारदिने जनकपुर भ्रमण सकेर  झापा लागेका छन्। शाहले झापा जानुपूर्व आफ्नो चारदिने जनकपुर भ्रमण सफल रहेको प्रतिक्रिया दिएका छन्। तर, उनले देशको अवस्थाका बारे भने चिन्ता व्यक्त गरेका छन्। पूर्वराजा शाहले जनताले अझै शान्तिको अनुभुति गर्न नपाएकोमा चिन्ता व्यक्त गरेका हुन्। देशमा शान्ति कायम भएको हेर्न चाहेको आफ्नो एकमात्रै चाहना भएको उनले बताए।

पत्‍नी सीताको उपचारको लागि प्रचण्ड अमेरिका प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन्। उनी आइतबार साँझ पत्‍नी सीता दाहालको स्वास्थ्य उपचारका लागि अमेरिका तर्फ प्रस्थान गरेका हुन्।

कांग्रेसमा किचलो, सिटौलाद्वारा बैठक बहिष्कार

कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको अनौपचारिक बैठक नेता कृष्णप्रसाद सिटौलाले बहिष्कार गरेपछि कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ। सभापति देउवाले गत फागुन १४ गते स्थगन गरेको केन्द्रीय कार्य समिति बैठक अगाडि बढाउने र तिनमा छलफल गरिने एजेन्डाबारे परामर्श गर्न आइतबार आफ्नै निवास बूढानीलकण्ठमा डाकेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक  पूर्वमहामन्त्री सिटौलाले बहिष्कार गरेका हुन्।

मन्त्री विश्वकर्माको एक वर्ष : मूलपानी मैदान २ वर्षभित्रै

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले आफ्नो एक वर्षे कार्यकालको विवरण सार्वजनिक गरेका छन्। आइतबार पत्रकार सम्मेलन गरी मन्त्री विकले विवरण सार्वजनिक गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल हेरफेर गर्नेबारे छलफल चलिरहँदा मन्त्री विश्वकर्माले एक वर्षे कार्य विवरण सार्वजनिक गरेका हुन्।

परिषद् बैठकमा सिकेलाई प्रश्न : सरकारसँगको सहमति के हो? 

सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक आइतबारदेखि सिरहाको लहानमा सुरु भएको छ। लहानस्थित मारवारी सेवाश्रममा जारी बैठक नेपालको राष्ट्रियगानबाट सुरु भएको हो।

न्युजिल्याण्ड घटनाको कांग्रेसद्वारा भर्त्सना

न्युजिल्याण्डमा ४९ जनाको ज्यान जाने गरी भएको आतंककारी हमलाको नेपाली कांग्रेसले भर्त्सना गरेको छ। अइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले हमलाको भर्त्सना गरेको हो।

मन्त्रिमण्डल फेरबदलको चर्चासँगै चलखेल : कोको छन् डेन्जर जोनमा ?

एक महिना देखि नै मिडियामा मन्त्रिमण्डल पुनर्गठनकाे चर्चा निरन्तर चल्दै आएको छ। तर, अहिलेसम्म मन्त्रिमण्डल फेरबदलको सुरसार बालुवाटारबाट भएको छैन। विभिन्‍न माध्यमबाट चर्चा चलाएर आफू अनुकुलका पात्रहरूलाई मन्‍त्री बनाउन चलखेल सुरु भएको छ। 

वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधन

वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधन भएकाे छ। श्रेष्ठको शनिबार हृदयघात कारण निधन भएकाे हाे। महासंघका पूर्वसभापतिसमेत रहेका श्रेष्ठको शनिबार ८६ वर्षको उमेरमा निधन भएको थियो।

राजपाले संसद् चल्न दिएन

सरकारले गिरीशचन्द्र लालदास नेतृत्वमा गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आइतबारको संघीय संसद्को बैठक राजपाले चल्न दिएन। बैठक सुरु हुनासाथ राजपाका लक्ष्मणलाल कर्णले सभामुखको निर्देशनसमेत सरकारले नमानेको भन्दै आफुहरु संसद् अवरुद्ध गर्न बाध्य भएको बताए। त्यसपछि सभामुखले केही समयका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्।

सरकार छाेड्दैनाैं : उपेन्द्र यादव

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने कुरा साँचो नभएको बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै साेंच नबनाएको बताए।

भारतीय प्रधानमन्‍त्री माेदी बने 'चाैकिदार'

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नयाँ नामाकरण गरेका छन्। मोदीले आफ्नो नयाँ नाम चौकिदार नरेन्द्र मोदी राखेका छन्। मोदीले मात्रै नभई बीजेपी अध्यक्ष अमित शाह, रेल मन्त्री पीयुष गोयललगायत अन्य थुप्रै बीजेपीका नेता तथा कार्यकर्ताहरुले आफ्नो नाम अघि चौकिदार शब्द थपेका हुन्।

सिके राउतको गाेप्य बैठक लहानमा सुरु, सुरक्षा व्यवस्था कडा 

सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा सुरु भएको छ। यसअघि बैठक जनकपुरमा हुने बताइएपनि अन्तिम समयमा बैठकस्थल फेरिएको हो। बैठक लहानस्थित मारवारी सेवाश्रममा बसिरहेको बताइएको छ।

प्रधानमन्‍त्री ओली भन्छन्- विप्लव समूह कोब्राजस्तै  

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूह पार्टीका रुपमा कतै दर्ता नभएकाले उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको बताएका छन् । 

किन फेरि ओरालो लाग्यो सुनको भाउ ?

पछिल्लो समय सुनको भाउ फेरि ओरालो लागेको छ । बिहीबार ६० हजार ५ सयमा बिक्री भएको छापावाल सुन शुक्रबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भयो ।

विप्लवमाथिको प्रतिबन्ध घातक भएको कांग्रेसको ठहर 

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको विषयका कांग्रेसले विरोध जनाएको छ । 

बर्डफ्लु भेटिएको हेटौँडामा १३ हजार कुखुरा मारियो

बर्डफ्लुको पुष्टि भएसँगै  हेटौँडामा कुखुरा नष्ट गर्ने क्रमलाई तिब्रता दिइएको छ । 

उदयपुरको चुरेक्षेत्रमा भीषण आगलागी

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता व्यापक आगलागी भएको छ । 

भारतलाई नेपालको डर

विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपमा आज (आइतबार) बी को विजेताका लागि साविकको विजेता टोली भारतले श्रीलंकाको सामना गर्दै छ । विरटनगरस्थित सहिद रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुने छ । 

जिएमसी कलेज : विद्यार्थीले ताला खोले, सञ्चालकले कलेज खोलेन 

विभिन्न चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोले पनि सञ्चालकले कलेज चलाउन आनाकानी गरेका छन् ।

किन अकस्मात अमेरिका जाँदैछन् प्रचण्ड ? 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका प्रस्थान गर्ने भएका छन् । उनी राजनीतिक नभई पारिवारिक कामले अकस्मात अमेरिका जान लागेका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।