काठमाडौं- ताप्लेजुङको फुङलिङ-४ मा प्रभु बैंकले नयाँ शाखा खोलेको छ। आपनो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले फुङलिङ नगरपालिका मेयर छत्रपती प्याकुरेलले उक्त शाखाकाे उद्घाटन गरेको हो।
बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा आपनो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ पहुँचभन्दा बाहिर रहेकाहरुलाई सेवा उपलब्ध गराएकोमा मेयर प्याकुरेलले प्रशंसा गरे।
स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने जनाइएको छ। नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले वश्वास लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४