आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • परिषद् बैठकमा सिकेलाई प्रश्न : सरकारसँगको सहमति के हो? 

परिषद् बैठकमा सिकेलाई प्रश्न : सरकारसँगको सहमति के हो? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक आइतबारदेखि सिरहाको लहानमा सुरु भएको छ। लहानस्थित मारवारी सेवाश्रममा जारी बैठक नेपालको राष्ट्रियगानबाट सुरु भएको हो।

पञ्चकन्याहरुले राष्ट्रियगान गाएर बैठकको शुभाारम्भ गरेका थिए। कडा सुरक्षाबीच जारी गोप्य बैठकमा सहभागीहरुको मोबाइलफोनसमेत बैठकस्थलभित्र निषेध गरिएको छ। बैठकस्थल वरपर सुरक्षाव्यवस्था कडा पारिएको छ। बैठकमा सहभागीलाई नागरिकताको प्रमाणपत्र देखाएरमात्रै प्रवेश दिइएको छ।

आइतबारको बैठकमा सहभागीहरुले सरकारसँग हालै भएको ११ बुँदे सम्झौताबारे स्पष्ट पार्न गठबन्धनका संयोजक राउतसमक्ष आ–आफ्नो धारणा राखेको बताइएको छ। बैठकका सहभागीहरुले आ–आफ्ना जिज्ञासाहरु राखिसकेपछि राउतले सोमबारको बैठकमा जवाफ दिने बुझिएको छ।

सरकारसँग ११ बुँदे सम्झौता गरी मूलधारको राजनीतिमा आएपछि पहिलो पटक हुन लागेको बैठकमा गठबन्धनले लिने आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। १२ फागुनमा सरकारसँग अचानक सम्झौता गरी मूलधारको राजनीतिमा अवतरण गरेका गठबन्धनका संयोजक सिके राउतको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आउन सकेको छैन्।

राष्ट्रिय परिषद्को बैठक सम्पत्र भइसकेपछि स्वतन्त्र मधेशको अभियान चलाउँदै आएका राउतले आगामी रणनीतिबारे स्पष्टपार्ने तयारी रहेको बताइएको छ। सरकारसँग सम्झौता गरेर सिके राउतले गठबन्धनले अघि सारेको स्वतन्त्र मधेशको एजेन्डा पाखा लगाएको भन्दै कतिपय कार्यकर्ताहरु असन्तुष्ट रहेको बताइएको छ। यसैगरी प्रहरी हिरासतमा निधन भएका राममनोहर यादवलाईसमेत गठबन्धनले सहिद घोषणा गराउन नसकेको भन्दै अधिकांश कार्यकर्ता असन्तुष्ट रहेको बताइएको छ।

बैठकमा २३ जिल्लाका दुई सयभन्दा बढी केन्द्रीय परिषद सदस्यहरुको उपस्थिति रहेको छ । सोमबारसम्म चल्ने बैठकपछि सिके राउतलाई लहान र सप्तरीको राजविराजमा नागरिक अभिनन्दन गर्ने कार्यक्रमसमेत रहेको बुझिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।