आइतबार, साउन १७, २०८३

न्युजिल्याण्ड घटनाको कांग्रेसद्वारा भर्त्सना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं – न्युजिल्याण्डमा ४९ जनाको ज्यान जाने गरी भएको आतंककारी हमलाको नेपाली कांग्रेसले भर्त्सना गरेको छ। अइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले हमलाको भर्त्सना गरेको हो।

कांग्रेसले मानवता विरुद्धका यस्ता क्रियाकलापको सदैव आफूले विरोध गर्ने बताएको छ। पार्टी सभापति शेरवहादुर देउवाद्वारा जारी विज्ञप्तिमा घटनामा परि ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली व्यक्त गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'न्युजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा शुक्रबार भएको नृशंश हत्याको घटनाले सम्पूर्ण विश्वलाई नै स्तब्ध बनाएको छ। विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता क्रियाकलापको नेपाली कांग्रेस सदैव घोर निन्दा र भर्त्सना गर्दछु। यस दुःखद क्षणमा म र मेरो पार्टीको तर्फबाट न्युजिल्याण्ड सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दछु। साथै, धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्दछु।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।