काठमाडौँ – शेयर बजारमा आइतबार ६ अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५ दशमलव ९९ विन्दुले बढेर १ हजार १ सय ६१ दशमलव ४५ विन्दुमा पुगेको हो।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ०८ विन्दुले बढेर २ सय ४७ दशमलव १७ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८ सय ९२ कित्ता शेयर रु ३७ करोड १२ लाख ३६ हजार २५२ मा कारोवार भएको छ।
कारोवार भएका कूल दश उपसमूहमध्ये आइतबार तीन उपसमूहको शेयर कारोवार घटेको छ भने सात उपसमूहको शेयर भने बढेको छ। होटल २० दशमलव ३६, विकास बैंक ४ दशमलव ६५ र अन्य उपसमूह ० दशमलव ७१ विन्दुले घटेको छ। यस्तै बैंकिङ ७ दशमलव ६१, जलविद्युत् ९दशमलव १, वित्त ६ दशमलव ९२, निर्जीवन बीमा २ दशमलव ४४, उत्पादन ३५ दशमलव ४१, लघुवित्त १, जीवन बीमा ४५ दशमलव ८५ विन्दुले बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४