आइतबार, साउन १७, २०८३

वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधन भएकाे छ। श्रेष्ठको शनिबार हृदयघात कारण निधन भएकाे हाे। महासंघका पूर्वसभापतिसमेत रहेका श्रेष्ठको शनिबार ८६ वर्षको उमेरमा निधन भएको थियो।

पूर्वसभापति श्रेष्ठलाई हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा बाटोमै निधन भएको थियो। काठमाडौं महानगरपालिका ताहाचल निवासी पूर्वसभापति श्रेष्ठ राष्ट्रिय समाचार समितिका संस्थापक सदस्यसमेत हुन्। स्वर्गीय श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन्।

यसैबीच नेपाल पत्रकार महासंघले श्रेष्ठको निधनमा  दुःख व्यक्त गरेको छ। लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय श्रेष्ठको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एकजना मूर्धन्य व्यक्तित्व र महासंघले अभिभावक गुमाएको महासंघद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।