काठमाडौ – सरकारले गिरीशचन्द्र लालदास नेतृत्वमा गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आइतबारको संघीय संसद्को बैठक राजपाले चल्न दिएन। बैठक सुरु हुनासाथ राजपाका लक्ष्मणलाल कर्णले सभामुखको निर्देशनसमेत सरकारले नमानेको भन्दै आफुहरु संसद् अवरुद्ध गर्न बाध्य भएको बताए। त्यसपछि सभामुखले केही समयका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्।
पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने कर्णले बताए। सरकारले संसदलाईसमेत नटेरेकोमा कर्णले आक्रोस पोखे। ‘यो संसद मातहत सरकार हो कि होइन, संसदल बनाएको सरकार बनाएको हो कि होइन', कर्णले प्रश्न गर्दै भने, 'यदी संसदले बनाएको सरकार हो र सरकार संसदप्रति जिम्मेवार छ भने सभामूखले ध्यानाकर्षण गराउँदाको अवस्थामा पनि संसदको आदेश नमान्ने।' उनले सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगर्दासम्म बैठक चल्न नदिने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४