काठमाडाैं - उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने कुरा साँचो नभएको बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै साेंच नबनाएको बताए।
सरकारले विप्लव समूहको गतिविधिमाथि रोक लगाएर आफ्नो कर्तव्य पुरा गरेको बताए। उनले भने 'त्यो जुनसुकै सरकारले पनि गर्ने गर्छ राजनीतिक गतिविधिको नाममा मान्छेको हत्या, लुटपाट र आङ्तक सिर्जना गरी जनतामा त्रासको वातावरण फैलाउन पाइँदैन।'
उपप्रधानमन्त्री यादवले सिके राउतसँग भएको सम्झौतामा कहीँ पनि जनमत संग्रह उल्लेख नभएको प्रष्ट पार्दै जनमत सङ्ग्रह र जनअभिमत फरक विषय भएको बताए। उनले राउतसँगको सहमति सकरात्मक रहेको बताए।
स्वास्थ्यमन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र भएको अनियमिताका सम्बन्धमा विगतको सरकारले छानबीन गरेको र अहिले सिनेटको प्रतिवेदनअनुसार नै त्यहाँका उपकुलपतिलाई बर्खास्त गरिएको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४