आइतबार, साउन १७, २०८३

भारतीय प्रधानमन्‍त्री माेदी बने 'चाैकिदार'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नयाँ नामाकरण गरेका छन्। मोदीले आफ्नो नयाँ नाम चौकिदार नरेन्द्र मोदी राखेका छन्। मोदीले मात्रै नभई बीजेपी अध्यक्ष अमित शाह, रेल मन्त्री पीयुष गोयललगायत अन्य थुप्रै बीजेपीका नेता तथा कार्यकर्ताहरुले आफ्नो नाम अघि चौकिदार शब्द थपेका हुन्।

मोदीले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो नामको अगाडि चौकिदार शब्द थपेका हुन्। उनको नयाँ नाम अब चौकिदार नरेन्द्र मोदी भएको छ। बीजेपीको म पनी चौकिदार अभियान अन्तर्गत उनीहरुले आफ्नो नामको अघि चौकिदार शब्द थप गरेका हुन्।

प्रधानमन्त्री मोदीले केही दिन अघिमात्रै भ्रष्टाचार, अनियमितता तथा सामाजिक दुराचार विरुद्ध लड्ने तथा देश विकासका लागि लागिपर्ने हरेक नागरिक एक चौकिदार भएको बताएका थिए। आइतबार प्रधानमन्त्री मोदीले आफ्नो ट्विटरमा चौकिदार थप गरेसँगै बीजेपीका सम्पूर्ण नेता तथा कार्यकर्तालेसमेत चौकिदार शब्द थपेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।