आइतबार, साउन १७, २०८३

किन फेरि ओरालो लाग्यो सुनको भाउ ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पछिल्लो समय सुनको भाउ फेरि ओरालो लागेको छ । बिहीबार ६० हजार ५ सयमा बिक्री भएको छापावाल सुन शुक्रबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भयो ।

बिहीबारको तुलनामा शुक्रबार मात्रै पनि प्रतितोला सुनको मूल्य पाँच सय रुपैयाँ घटेको छ। त्यस्तै तेजावी सुनमा पनि प्रतितोला पाँच सय र चाँदी प्रतितोला दश रुपैयाँ घटेको छ। बिहीबार तेजावी सुन प्रतितोला ६० हजार दुई सयमा कारोबार भएकोमा घटेर ५९ हजार ७ सय र चाँदी प्रतितोला सात सय ४५ रुपैयाँ रहेकोमा घटेर ७ सय ३५ रुपैयाँमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार गएको हप्ता फागुन १९ गतेदेखि २४ गतेसम्ममा प्रतितोला सुन एक हजार तीन सय रुपैयाँ घटेको थियो। प्रतितोला ६१ हजार पाँच सय रहेको सुन ६० हजार दुई सय रुपैयाँमा झरेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटेको कारण नेपाली बजारमा त्यसको प्रभाव परेको बताए। शाक्यका अनुसार ‘होमसेल्स’ घट्नु, भारतीय मुद्रा भारु डलरको तुलनामा मजवुत हुनु, सुनको सिजन टर्नु  लगायको कारणले सुनको मूल्य घटेको हो। 

‘विश्व बजारमा होमसेल्स अर्थात घरजग्गाको कारोबार घटेको छ। सो कारोबारको पुँजी सुनमा लगानी हुन सकेको छैन,’ उनले भने ‘भारतको मुद्रा भारु डलरको तुलनामा मजबुद भएको देखिन्छ। किनभने भारतको अर्थिक क्षेत्र सुधार भएकोले तथा मोदिको सरकार दोहोरिने सम्भावना देखिएकोले भारु मजबुद भएको हो।’

नेपाली रुपैयाँ भारुसँग सटही दर निश्चित भएको कारण डलर कमजोर हुदा सुनको भाउ घट्ने उनको भनाइ छ। 

सुन व्यवसायीहरुका अनुसार नेपाली बजारमा साउन, पुस र चैत महिनालाई सुन बिक्रीको अफ सिजनको रुपमा लिइदै आएको कारणले पनि अहिले माग कम हुने भएकोले मूल्यमा केही कमि आउने गर्छ। भदौ, असोज, कात्तिकलाई चाडपर्व र बाँकी छ महिनालाई सुन बिक्रीको सिजनको रुपमा व्यवसायीहरुले लिने गरेका छन्। 

संसारको आर्थिक केन्द्रको रुपमा अमेरिकाको न्युयोर्कको मोनार्क कोमेक्स हाउसमा प्रति औंस अहिले सुन १३ सय डलर हाराहारीमा पुगेको छ। प्रति औंंसमा ३१.१० ग्राम हुन्छ। 

आजभन्दा तीन वर्षअघि कोमेक्स हाउसमा सुन प्रतिऔंस ११८० डलर हुदा नेपालमा प्रतितोला ४७ हजार सात रुपैयाँमा झरेको महासंघका पूर्व अध्यक्ष शाक्य बताउछन्। ‘सुनको मूल्यमा उत्तरचढाव भइरहन्छ,’ उनी भन्छ ‘फागुन ८ गते मात्रै पाँच वर्ष यताकै महंगो सुनको मूल्य पुगेको थियो। प्रतितोला छापावाल सुन तोलाको ६३ हजार तीन सय रुपैयाँ पुगेको हो।’

यसअघि ०६९ साल मंसिरमा नेपाली बजारमा ६३ हजार सात सय रुपैयाँसम्म सुनको भाउ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्य वताउछन्। माघयता सुनको भाउ बढ्दै फागुन दोस्रो सातायता फेरी घट्दै गएको छ।

सुन व्यवसायीका अनुसार विश्वमा शेयर बजार बढे सुनको भाउ घट्छ। शेयर बजार र सुनबीच विपरित सम्बन्ध छ। समान्यतया अमेरिकामा डलरको भाउ घटे सुनको बढ्छ र सुनको घटे डलरको भाउ बढ्छ। अहिले डलर कमजोर देखिएको कारण सुनको मूल्य घटेको हो। सुनलाई अन्तराष्ट्रिय रुपमा ‘सेफ हेभन’ सुरक्षित लगानीको रुपमा हेरिने गरेको छ।

केहि महिनाअघिको तुलनामा अमेरिकी डलर कमजोर भएको छ। असोजमा डलरको मूल्य ११९.३३ रुपैयाँ थियो भने शुक्रबार घटेर १११.२७ रुपैयाँ पुगेको छ। 

विश्व बजारमा कच्चा तेलकोे मूल्य घट्दा सुनको मूल्य पनि घट्ने गरेको छ। जसरी सुन खानीमा इन्धन प्रयोग गर्दा भाउ घटे लागत पनि घट्ने भएकोले यसले प्रभाव पार्ने गरेको जानकार बताउँछन्। 

व्यवसायीहरुका अनुसार अहिले नेपाली बजारमा दैनिक २० देखि २५ किलो सुनको खपत छ। सुनको उच्च माग भएको समयमा ३५ किलोभन्दा बढी दैनिक खपत हुन्छ। 

कतिपय सुनको माग आन्तरिक बजारमा रहेको गरगहनालगायतबाट पनि पूर्ति गर्ने गरिएको छ। बजारमा दैनिक ३०/४० किलो सुनको माग भए तापनि सरकारले बजारमा दैनिक २० किलो मात्र उपलब्ध गराउँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।