आइतबार, साउन १७, २०८३

बर्डफ्लु भेटिएको हेटौँडामा १३ हजार कुखुरा मारियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मकवानपुर- बर्डफ्लुको पुष्टि भएसँगै  हेटौँडामा कुखुरा नष्ट गर्ने क्रमलाई तिब्रता दिइएको छ । 

आइतबार बिहानसम्म १३ हजार बढि कुखुरा नष्ट गरिएको छ । शनिबार बिहानदेखि कुखुरा नष्ट गर्ने अभियान थालिएको थियो । हेटौंडा ७ नागस्वतिको वर्डफ्लु प्रभावित क्षेत्रमा रहेका कुखुराहरु मारिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । 

भेटनरी अस्पताल हेटौँडा, कुखुरा ब्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय सहित स्थानीय कुखुरा ब्यवसायीहरुको सहभागितामा दिनभर र रातभरी पनि कुखुरा मारिएको उनले जानकारी दिए । कुखुरा नष्ट गर्ने क्रमले आइतबार दिनभर पनि निरन्तरता पाउने उनले बताए । 

प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले ४१ हजार ५ सय कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो । बर्डफ्लु संक्रमित पाईएको हेटौंडा ७ नागश्वतीका कुलप्रसाद चौलागाईले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सिमा निर्धारण गरि त्यस क्षेत्रमा पर्ने कुखुरा मार्ने निर्णय भएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।