आइतबार, साउन १७, २०८३

भारतलाई नेपालको डर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर- विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपमा आज (आइतबार) बी को विजेताका लागि साविकको विजेता टोली भारतले श्रीलंकाको सामना गर्दै छ । विरटनगरस्थित सहिद रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुने छ । 

समूह बी मा रहेको भारत र श्रीलंकाले समान एक एक खेल जितेका छन् । भारतले आफ्नो  पहिलो खेलमा माल्दिभ्सलाई ६-० गोल अन्तरले पराजित गरेको थियो भने श्रीलंकाले माल्दिभ्सलाई नै २-० गोल अन्तरले पराजित गरेको थियो ।

यसखेलको विजेता टोलीले समूहको विजेता टोली बन्दै सेमिफाइनल पुग्ने छ । समूह बी को विजेता टोलीलाई फाइनल प्रवेशका लागि सेमिफाइनलमा सहज हुने छ । किनकी सेमिफाइनलमा समूह ए बाट समूहको विजेता र उपविजेता टोलीसँग भिड्ने टोलीको टुङ्गो लागि सकेको छ । 
Image result for nepal vs india womens football
आजको खेलमा पराजित हुने टोलीले सेमिफाइको पहिलो खेलमा प्रतियोगिताको उपाधि दाबेदारको रुपमा हेरियो नेपालको सामना गर्ने छ । त्यसैले पनि भारत र श्रीलंकालाई आफ्नो यात्रा सेमिफाइनल मै टुङ्गीन्छ की भन्ने डर छ । नेपाली टोलीलाई यस पटक प्रतियोगिताकै सबै भन्दा बलिायो टोलीको रुपमा हेरीएको छ । नेपालले समूह चरणका दुबै खेलामा सानदार जित निकालेको छ । 

पछिल्लो समय नेपाली टोलीमाथि रहेको भारतको दबदबा नेपालले चिर्दै आएको । दक्षिण एसियाली राष्ट्रमाथि एक छत्र राजगर्दै आएको भारतलाई हाफ सम्म नेपालले मात्र रोक्न सकेको छ । 

नेपालले पनि पछिल्लो समय भारतको एकछत्र राजमाथि पूर्ण विराम लगाएको हो । नेपालसँग भएका पछिल्ला दुई भेटमा भारतले ओलम्पिक छनोटमा नेपालसँग १-१ को बराबरी खेलेको थियो । 

त्यस्तै भारतमा नै सम्पन्न भएको हिरो गोल्डकपमा २-१ गोल अन्तरले पराजित गर्दै नेपालले एतिहासिक जित निकालेको थियो । त्यसैले भारत आफ्नो यात्रा सेमिफाइनमा नै नेपालसँग टुङ्गीने डरका कारण आजको खेल जित्नै पर्ने दबाबम छ । 
Related image
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।