काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका प्रस्थान गर्ने भएका छन् । उनी राजनीतिक नभई पारिवारिक कामले अकस्मात अमेरिका जान लागेका हुन् ।
पटक पटक भारत, सिंगापुरलगातका देशमा लगेर उपचार गरेपनि समस्या समाधान नभएपछि प्रचण्डले पत्नी सीता दाहाललाई उपचारका लागि अमेरिका लैजान लागेका हुन् । प्रचण्ड दम्पत्तिसँगै छोरी ज्वाईं गंगा र जीवन आचार्य पनि अमेरिका जाने उनको नीजि सचिवालयले जनाएको छ ।
प्रचण्ड पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छिन् । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीताको स्वास्थ्य विग्रिदै गएको थियो । प्रकाशको २०७४ मंसिरमा निधन भएको थियो । बिगत एक बर्षदेखि सीताको स्वस्थ्यमा पटक पटक समस्या आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४