इटहरी – जनकपुरपछि पूर्वी तराई भ्रमणमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहको उदयपुरमा भब्य स्वागत भएको छ। शनिबार दिउँसो उदयपुरको गाइघाटको राधाकृष्ण मन्दिरमा पूजाआजा गर्न आएका राजा शाहको उनका समर्थकले भब्य स्वागत गरेका हुन्।
उनी आउँदा सडक क्षेत्र र मन्दिर परिसरमा हजारौंको संख्यामा समर्थकको उपस्थिति रहेको थियो। ‘राजा आउ देश बचाउ’ भन्दै स्थानीयले नाराबाजी गरेका थिए। करिव ३ः४० बजे तिर पूर्वराजा शाह आफै गाडी हाकेर आएको स्थानीय युवा भुवन खत्रीले बताए।
गत फागुन २५ गते नै आउने भनिएका पूर्वराजा शनिबार आएको राधाकृष्ण मन्दिर ब्यवस्थापनले बताएको खत्रीले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४