आइतबार, साउन १७, २०८३

होलीमा यसरी रंगिए निधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - सदभाव, एकतार र भाइचाराको पर्व मानिन्छ होली। असत्यमाथि सत्यको विजयको उत्सवको रुपमासमेत होली मनाइँदै आएको धार्मिक मान्यता छ।

होली आउन अझै पाँच दिन बाँकी छ। पहाडका जिल्लाहरुमा ६ चैतमा होली मनाइँदै छ भने जनकपुरसहित तराइका जिल्लाहरुमा ८ चैत अर्थात शुक्रबार होली मनाइने भएको छ।

१५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुरको परिक्रमा गरिसकेपछि मात्र यस क्षेत्रमा विधिवत रुपमा होली मनाउने परम्परा छ। मिथिला मध्यमा परिक्रमा ७ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि शुक्रबार होली पर्व मनाइने छ।

तर मिथिला क्षेत्रमा भने श्रीपञ्चमीको दिन देखिनै होली सुरु हुने मान्यता रहेको छ। मुलतः मिथिला मध्यमा परिक्रमा धार्मिक यात्राको क्रममा महोत्तरीको कञ्चनवनमा होली खेलीसकेपछि यस क्षेत्रमा होलीको रंग सुरु हुन्छ।

मिथिला क्षेत्रमा होलीको विशेष महत्व छ। खास गरेर होलीको अवसरमा गाइने पारम्परिक मैथिली लोक भाकाका गीतहरुले सबैलाई आनन्द दिने गरेको छ। र, यस्तै होलीका पारम्परिक गीतहरुले कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई नाच्न बाध्य बनायो, जनकपुरमा।

विद्युत प्राधिकरण कर्मचारी संघको राष्ट्रिय परिषद्को भेलामा शुक्रबार  सहभागी हुन आएका निधिको शनिबार बिहानै काठमाण्डौं फर्कने कार्यक्रम थियो। तर नेपाली कांग्रेस धनुषाले होलीको शुभकामना अदानप्रदान कार्यक्रममा सहभागी हुन आग्रह गरेपछि निधिले काठमाण्डौं फर्कने कार्यक्रम परिवर्तन गरे।

दिउँसो जनकपुरको पिडडीया माइस्थानस्थित पार्टी कार्यालयमा होलीको कार्यक्रममा सहभागी हुन पुगेका निधि मात्र नाचेनन् होलीका जोगिरा (मैथिली होलीका गीत) समेत गाए। होलीको गीतमा निधिलाई नाचेको देखेपछि त्यहाँ उपस्थित अन्य नेता तथा कार्यकर्ताहरु उनलाई साथ दिए। 

कांग्रेस उपसभापति निधिलाई होलीको शुभकामना दिँदै  अबिर लगाउन नेता तथा कार्यकर्ताहरु पछाडी परेनन्। उनले पनि पार्टी कार्यालय परिसरभित्र अबिर लगाउन बाँकी रहेकाहरुलाई  खोजीखोजी अबिर लगाए।

झण्डै एक घण्टा नेता कार्यकर्ताहरुसाथ होली खेलेर रमाएका कांग्रेस उसभापति निधि अनुहार र लुगामा लागेको अबिर सफासमेत नगरी काठमाण्डौं जान पार्टी कार्यालयबाट सिधा विमानस्थल पुगेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।