विराटनगर- नेपाली राष्ट्रिय महिला पुटबल टोली समूह विजेता बन्दै विराटनगरमा जारी पाँचौ साफ महिला च्यामिपयनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा बंगलादेशलाई ३-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमफाइनल प्रवेश गरेको हो।
नेपालको जितका लागि साबित्रा भण्डारी र मन्जली कुमारी योन्जनले एक एक गोल गरिन भने एक गोल आत्मघाती उपहार पाएको थियो। आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको नेपालले पहिलो हाफमा तीन गोल गरेको थियो। तर, दोस्रो हाफमा थुप्रै गोल गर्ने अवसर सृजना गरेपनि थप गोल गर्न सकेन।
नेपालले खेलको छैठौं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता लियो। नेपाली खेलाडीले पोस्टतिर गरेको प्रहारलाई बंगलादेशकी गोलरक्षक रुप्ना चक्मा अगाडी बढेको अवस्थामा बंगलादेशकै मसुरा परविनले ब्यकसाप दिन खोज्दा बल गोलमा परिणत भएको थियो । २३ औं मिनेटमा स्ट्राइकर साबित्रा भण्डारीले गोल गरिन् ।
उनले हिरा भुजेलको पासलाई लिएर डिफेन्डरलाई बिट गर्दै अगाडी बढाएको बललाई गोलकिपरले अगाडी बढेर बचाउन खोजेको मौकाको फाइदा उठाउदै गोल गरेकिहुन् । २८ औं मिनेटमा मन्जली कुमारी योन्जनले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाईन् । उनले साबित्राको पासमा उत्कृष्ट गोल गरेकि हुन् ।
यसअघि खेलको पाँचौ मिनेटमा साबित्राले वान भर्सेज वानको स्थितिमा अगाडी बढाएको बललाई गोल गर्न सकिनन् । १० औं मिनेटमा कप्तान निरु थापाले डि-बक्स नजिकैबाट सहज रुपामा गरेको प्रहार करसरबारमा लागेर बाहिरिए ।
१६ औं मिनेटमा साबित्राले गरेको प्रहार गोलरक्षाकरुप्नाले क्लियर गर्न खोज्दा फर्किएको बलमा पुनः मौका पाए पनि गोल गर्न सकिनन् । १९ औं मिनेटमा हिरा कुमारी भुजेलले दिएको लामो पासमा साबित्राको हेडर प्रहारले दिशा लिन सकेन् ।
२४ औं मिनेटमा डि-बक्स नजिकैबाट साबित्राले गरेको प्रहार आबासिएको थियो । ५८ औं मिनेटमा डि-बक्स भित्रबाट गोलरक्षक अगाडी बढेको बवस्थानमा साबित्राले गरेको प्रहार बंगलादेशकी डिफेनडर मासुराले उत्कृष्ट बचाउ गरिन् ।
६२ औं मिनेटमा बंगलादेशकी खेडीले गरेको प्रहार नेपाली गोलरक्षक अन्जली तुम्बापो सुब्बाले उत्कृष्ट बचाउ गरिन् । ६४ औं मिनेटमा निरुले दिएको पासमा साबित्राले गरेको प्रहारले दिशा लिन सकेन् । इन्जुरी समयमा बंगलादेशकी सिरात जाहान साेप्नाको प्रहार करसरबारबाट फर्किएकाे थियो ।
अब नेपालले सेमिफाइनलमा भारत र श्रीलंकाबिचको विजेता टोलीसँग फाइनल प्रवेशका लागी खेल्ने छ । भारत र श्रीलंकाबिचको खेल आइतबार दिउँसो ३ बजे सुरु हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४