आइतबार, साउन १७, २०८३

साताको शेयर : एक अर्ब ९३ करोड कारोवार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ‌ – धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता शेयर एक अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८८५ मूल्यमा खरीद बिक्री भएका छन्। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन स्टकको प्रणालीमा समस्या आउँदा कारोवार अवधिभर शेयर कारोवार हुन सकेन। साताको पहिलो दिन मात्रै बजार ०.९४ बिन्दुले सुधार आएको थियो। कारोवार छोटो समयमात्रै हुँदा १४० कम्पनीका तीन लाख २२ हजार २४२ कित्ता शेयर नौ करोड ३८ लाख मूल्यमा कारोवार भए। 

साताको दोस्रो दिन सोमबार कारोवार मापक नेप्से परिसूचक १४.२८ बिन्दुले बढेर एक हजार १४२.९३ बिन्दुमा पुगेको थियो। सो दिन कूल १७१ कम्पनीका १३ लाख ४७ हजार ४८ कित्ता शेयर ४० करोड २८ लाख ४० हजार २१३ मा खरीद बिक्री भए। 

यस्तै साताको तेस्रो दिन मङ्गलबार कूल १७६ कम्पनीका १९ लाख ५४ हजार ५६ कित्ता शेयर ५२ करोड ७७ लाख ३५ हजार ५५८ मूल्यमा खरीद बिक्री भए। साताको चौथो दिन बुधबार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० बिन्दुमा झर्‍यो। सो दिन कूल १७४ कम्पनीका १४ लाख ८० हजार ६२ कित्ता शेयर कारोवार भए। स्टकका अनुसार सो दिन ४२ करोड ८३ लाख ४१ हजार १५२ मूल्यमा खरीद बिक्री भए। 

यस्तै साताको पाँचौँ दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको थियो। कूल १७१ कम्पनीका १३ लाख ३९ हजार ९७२ कित्ता शेयर रु ४८ करोड ५८ लाख ७७ हजार ९३१ मूल्यमा खरीद बिक्री भए। 

यस साता स्टकमा विभिन्न चार कम्पनीका शेयर सूचीकृत भए । सिद्धार्थ बैंकको सिद्धार्थ डिवेञ्चर २०८२ को २१ लाख ६२ हजार ५५९ कित्ता साधारण शेयर सूचीकृत भयो। यस्तै सानिमा बैंक डिवेञ्चर २०८५ को १३ लाख ५४ हजार ७१२ कित्ता साधारण शेयर, आशा लघुवित्त वित्तीय संस्थाका २० लाख ७४ हजार कित्ता साधारण शेयर र जेबिल्स फाइनान्सका १९ लाख ७० हजार ६९४ कित्ता हकप्रद शेयर सूचीकृत भएको स्टकले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्