धनगढी: कैलालीको गोदावरी नगरपालिका– ४ पूर्व पश्चिम महेन्द्र राजमार्ग छेउ खैराना पुल नजिकै खैराना गाउँ जाने बाटोमा एक युवकको हत्या गरिएको अवस्थामा आज विहान शब फेला परेको छ।
शबको अहिलेसम्म सनाखत हुन सकेको छैन।
त्या गरिएका व्यक्तिको उमेर अन्दाजी ३० देखि ३५ वर्ष रहेको छ। जनइ लगाएको र दारी हल्का फुलेको छ । घटना प्रकृति हेर्दा उनको हत्या गरिएको प्रष्ट देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए ।
उनको टाउको र छातीमा ढुंगाले प्रहार गरेर गहिरो चोट लागेको छ । हत्यामा संलग्नको खोजिका लागि प्रहरी परिचालन गरीएको छ । हत्या गरिएको शब पोष्टमार्टमका लागि धनगढी ल्याएको प्रहरीले जनाएको छ ।
स्थानीयहरुका अनुसार हत्या भएको क्षेत्र सुरक्षाको हिसाबले निक्कै सम्बेदनशील रहदै आएको छ, सो क्षेत्रमा वर्षेनी कुनै न कुनै किसिमको अप्रिय घटना घट्ने स्थानीयहरु बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४