आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्युजिल्याण्डलाई ओलीको पत्र : आतंकवाद परास्त गर्न विश्व नै एक हुनुपर्छ

न्युजिल्याण्डलाई ओलीको पत्र : आतंकवाद परास्त गर्न विश्व नै एक हुनुपर्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डमा शुक्रबार भएको आक्रमणको निन्दा गरेका छन्। न्यूजिल्याण्डकी समकक्षी जेसिन्डा आर्डनलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आक्रमणको निन्दा गरेका हुन्। घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारलाई समवेदना प्रकट गर्दै ओलीले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभकोसमेत कामना गरेका छन्।

सन्देशमा प्रधानमन्त्री ओलीले आतंकवादलाई कुनै पनि किसिमले उचित मान्न नसकिने बताउँदै आतंकवादलाई परास्त गर्न पुरै विश्व एक भएर लाग्नु पर्ने बताएका छन्। यस्तो दुखद घडीमा नेपाल सरकार न्युजिल्याण्डका जनता र सरकारका पक्षमा रहेको ओलीद्वारा पठाइएको सन्देशमा उल्लेख छ।

शुक्रबार न्यूजिल्याण्डको क्राइस्ट चर्चमा भएको छुट्टा छुट्टै गोलीकाण्डमा ४९ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।