आइतबार, साउन १७, २०८३

के दाहालमाथि सुरक्षा थ्रेट बढेकै हाे त ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि गृहले उनको सुरक्षार्थ ५९ सुरक्षकर्मी परिचालन गरेको छ।

सुरक्षा थ्रेटबारे दाहाल आफैंले पटकपटक बोलेपछि यसबारे सुरक्षा निकायले चासो राख्दै विश्लेषण सुरु गरिसकेका छन्। सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ। दाहालले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिएलगत्तै सरकारले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिउपरको सम्भावित सुरक्षा खतरा विश्लेषण गरी आवश्यक सुरक्षा व्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ।

गृहमन्त्रालय स्रोतका अनुसार दाहालको सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटाइएको छ। ‘अरु पूर्वप्रधानमन्त्रीहरु कसैलाई पनि यो तहको सुरक्षा थ्रेट छैन। दाहाललाई थ्रेट भएरै ५९ जनाको सुरक्षा दस्ता खटाएको हो’, स्रोतले भन्यो। शनिबारको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।