आइतबार, साउन १७, २०८३

हेटौंडामा ४१ हजार कुखुरा नष्ट गरिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज - कुखुरापालन व्यवसायमा करिब पाँच अर्ब रुपैयाँ बराबरको लगानी भएको मकवानपुरमा वर्डफ्लु देखा परेपछि संक्रमित क्षेत्रमा कुखुरा नष्ट गर्न थालिएको छ। हेटौंडा नगरपालिका वडा नम्बर ७ मा कुल प्रसाद चौलागाईंको लेयर्स कुखुरा फार्मको कुखुरा वर्डफ्लुको कारण मरेको पुष्टी भएपछि जिल्ला प्रशासनले विहीबार नै प्रभावित क्षेत्रको सीमांकन गरेर ४८ वटा फार्मको कुखुरा नष्ट गर्ने निर्णय गरेको हो।

सरोकारवालासँगको छलफलपछि यी फार्ममा रहेका करिब ४१ हजार ५ सय कुखुरा नष्ट गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ। मकवानपुर कुखुरा व्यवसायी संघका अनुसार प्रभावित क्षेत्रमा वर्डफ्लु पुष्टी हुनु अगावै ५० हजार कुखुरा नष्ट भइसकेको र शनिबारदेखि सुरु हुने अभियानमा थप ५० हजार कुखुरा नष्ट गर्ने संभावना रहेको छ। वर्डफ्लु देखा परेको वडा नम्बर ७ मा अवस्थित ४८ वटामध्ये २० वटा कुखुरा फार्मको कुखुरा यसअघि नै मरेका छन्। मकवानपुर कुखुरा व्यवसायी संघका अनुसार संक्रमण प्रभावित क्षेत्रमा किसानले १ लाख कुखुरापालन गर्न ७ करोड रुपैयाँ लगानी गरेका छन्।

सीमांकन गरिएको क्षेत्र बाहिरका किसानले पालेको कुखुरामा समेत वर्ड फ्लुको संक्रमण भए नभएको यकीन गर्न नमूना संकलन गरेर परिक्षणको लागी प्रयोगशालामा पठाइने प्रमुख जिल्ला अधिकारी उस्मान तामाङले जानकारी दिए। बिहीबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सम्पन्न बैठकले क्षतिपूर्ति निर्धारण गर्न वर्डफ्लु नियन्त्रण आदेश २०६४ बमोजिम क्षतिपूर्तिको लागि पशु सेवा विभागमा सिफारिस गर्ने निर्णय गरेको थियो। मकवानपुर कुखुरा व्यवसायी संघले जिउँदो लेयर्स (अण्डा पार्ने कुखुरा) प्रतिगोटा ९ सय, ब्रोइलर ४ सय, दाना प्रतिकिलो ६५ रुपैयाँ र अण्डा प्रतिगोटा ११ रुपैयाँ मूल्य निर्धारण गरेको छ। यसै मूल्यांकनको आधारमा क्षतिपूर्ति दिलाउन सिफारिस सहित संघले जिल्ला वर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई शनिबार पत्र बुझाउने भएको छ।

कुखुरापालक किसानले वर्डफ्लु पुष्टी हुनु अगावै नष्ट भएका कुखुराको समेत क्षतिपूर्ति दिलाउनुपर्ने माग राखेका छन्। क्षतिपूर्ति नपाए नष्ट गर्न नदिने चेतावनीसमेत उनीहरुले दिएका छन्। संघका अध्यक्ष राजु अधिकारीले भने ‘पशुपंक्षी बीमा वा वर्डफ्लु नियन्त्रण आदेशमध्ये कुनै एउटाबाट भएपनि सबै प्रभावित किसानले क्षतिपूर्ति पाउनुपर्छ भन्ने हाम्रो माग हो।'

वर्डफ्लुले कुखुराको मासु व्यवसायमा असर नपर्ने

मकवानपुर कुखुरा व्यवसायी संघले वडा नम्बर ७ स्थित लेयर्स कुखुरा फार्ममा वर्डफ्लुको संक्रमण देखिएकोले जिल्लाको अन्य स्थानका फार्मबाट उत्पादित कुखुराको मासु खानयोग्य रहेको जानकारी दिएको छ। ‘वर्डफ्लुको संक्रमण देखिएको क्षेत्रबाट पशुपंक्षी ओसारपसार गर्न रोक लगाइसकिएको छ', अध्यक्ष अधिकारीले भने, 'अन्यत्र समस्या नदेखिएकोले उपभोक्ताले ढुक्क भएर कुखुराको मासु खाए हुन्छ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।