आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्याम्समा उपकुलपति नियुक्त, गलत संस्कार ताेड्न ओलीकाे निर्देशन

न्याम्समा उपकुलपति नियुक्त, गलत संस्कार ताेड्न ओलीकाे निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा प्रा डा देवनारायण साह नियुक्त  भएका छन्। प्रा. डा. साहलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन्।

यस्तै उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले न्याम्सका अन्य पदाधिकारीसमेत नियुक्त गरेका छन्। जसअनुसार पर्साका प्रा. डा. सुबोधकुमार अधिकारी (शिक्षाध्यक्ष), पाँचथरकी प्रा. प्रमिला देवान (रजिस्ट्रार), सुनसरीका प्रा. डा. पियुस दाहाल (डिन) र सप्तरीका डा. केदारप्रसाद सेन्चुरी (वीर अस्पतालको निर्देशक) मा नियुक्त भएका छन्।प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत सबै पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा पद तथा गोपनियताको सपथसमेत  खुवाएका छन्।

सपथपछि प्रधानमन्त्री ओलीले वरिष्ठ चिकित्सकले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न निर्देशन दिए। सिनियर भएपछि काम गर्न नपर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न ओलीले निर्देशन दिए। प्रधानमन्त्री ओलीले भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशनसमेत दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।