आइतबार, साउन १७, २०८३

प्रधानमन्त्री कार्यालय भ्रष्टाचारकाे थलाे : निधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्। सम्बन्धित निकायलाई अधिकारविहीन बनाएर अर्बौंको कार्यक्रम बालुवाटारमा सीमित गर्नु भ्रष्टाचार गर्ने प्रपञ्च रहेको निधिले बताए।

‘दुई तिहाइको दम्भमा सबै अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रीकृत गर्न खोजिएको छ,’ उपसभापति निधिले भने,‘कानुन बनाएर प्रधानमन्त्रीज्यूले सबै अधिकार आफ्नो हातमा लिनु भएको छ, प्रधानमन्त्री कार्यालयको नाम प्रधान भ्रष्टाचार कार्यालय राख्ने बेला भइसक्यो।’ करोडौं अर्बौं कमिसन पाउने लोभमा प्रधानमन्त्रीले सबै अधिकार आफ्नो हातमा राख्ने कानुन बनाएको उनको भनाइ थियो।

संघीयता कार्यान्वयनमा आइसकेपछि तलसम्म अधिकार प्रत्यायोजन गर्नुपर्ने ठाउँमा सबै अधिकार केन्द्रीकृत गर्नु संघीयताका सिद्धान्तविपरित कदम रहेको निधिको भनाइ थियो। ऊर्जासम्बन्धी अधिकार ऊर्जा मन्त्रालयलाई नदिएर प्रधानमन्त्रीले आफै राख्नु दुखद रहेको निधिले बताए। ‘प्रधानमन्त्रीज्यू संघीयतामा विश्वास गर्नु हुँदैन, कतिपय बेला उहाँले यस्तो भत्रुपनि भएको छ,’ उपसभापति निधिले भने,‘बाध्यतावश संघीयता स्वीकार गरेकै कारण उहाँ प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पत्र हुन दिन चाहनु भएको छैन्।’

मुलुक चलाउने चालकनै संघीयताविरोधी रहेको उनको आरोप थियो। प्रधानमन्त्रीले विदेश नितीलाई अराजक र असन्तुलित बनाइसकेको आरोप लगाउँदै उपसभापति निधिले सरकारले लगानीका लागि विदेशी लगानीकर्तालाई आश्वस्त गर्न नसकेको बताए।

राजनीतिक आस्थाको आधारमा सरकारले कर्मचारीहरुलाई भेदभाव देखाउनुका साथै त्रास देखाउने काम गरिरहेको भन्दै निधिले आस्थाको आधारमा कुनै कर्मचारीबीच आतंक देखाउने काम भैरहेको आफूलाई जानकारी आएको बताए। डर धम्की देखाएर त्रास देखाउने काम भए सरकारविरुद्ध आन्दोलन गर्न तयार रहन उनले कर्मचारीहरुलाई निर्देशन दिए। सरकारले मजदुर र कर्मचारीहरुको अधिकार कटौती गर्नेगरी कानुन नै बनाइरहेको भन्दै यसविरुद्ध कांग्रेस चुप लागेर नबस्ने उनले चेतावनी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।