आइतबार, साउन १७, २०८३

आजका अखबार : रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौंबाट आज (शनिबार) प्रकाशित राष्ट्रिय दैनिकले विविध समाचारहरुलाई आफ्नो प्राथमिकतामा पारेका छन्।

नागरिक दैनिकले वैदेशिक रोजगारीमा गएका महिलाहरुको सन्दर्भलाई उल्लेख गर्दै 'रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु' शिर्षकमा खोज समाचार प्रकाशित गरेको छ। सुखद भविष्य खोज्दै रोजगारीका लागि विदेशीएका महिला विदेशमा पुगेपछि मानसिक, आर्थिक मात्र नभई शारीरिक शोषणमासमेत पर्ने गरेको पाइएको छ। शारीरिक शोषणमा परेका कतिपय महिलाले सन्तान जन्माउनु पर्दा त्यस्ता सन्तानलाई कसरी हुर्काउने भन्ने समस्याले विकराल रुप लिने खतरा बढेको छ। वैदेशिक रोजगारीलाई सुरक्षित गर्न सरोकार राख्ने निकाय गम्भीर नहुँदा महिला जोखिममा पर्ने क्रम रोकिएको छैन्। नागरिक दैनिकले यो समाचार प्राथमिकताका साथ छापेको छ।

यस्तै नागरिकले नै 'दाहालवरिपरि ५९ सुरक्षाकर्मी' शिर्षकमा अर्को समाचारलाई समेत प्राथमिकतामा पारेको छ। सँगै यु्द्ध लडेका नेत्र विक्रम चन्द विप्लव समूहले आफुलाई मार्न खोजेको पुष्पकमल दाहालले बताएपछि  उनको सुरक्षा सतर्कता बढाइएको छ। नागरिक लेख्छ 'पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम भन्द विप्लव समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ। आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए।'

गृह मन्त्रालय स्रोतका अनुसार दाहालको सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ तथा डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ सुरक्षाकर्मी खटाएको छ। दाहाललाई सुरक्षा थ्रेट भएरै ५९ जनाको सुरक्षा दस्ता खटाएको स्रोतले बताएको छ।

यस्तै कान्तिपुर दैनिकले 'सलबलाउँदै असन्तुष्टि' शिर्षकको समाचारलाई प्राथमिकतामा पारेको छ। संविधान जारी भई स्थिर सरकार बनेको एक वर्ष बितिसके पनि संविधान र संस्थापनप्रति असन्तुष्ट स्वरहरु अझै मत्थर नभएको तथा उल्टै मुखरित भएका छन्। तीमध्ये सरकारमाथि औंला ठड्याउनेहरुमा राप्रपा, राजपा, संघीय समाजवादी फोरम, नेत्रविवक्रम चन्द नेतृत्वको समूह र हालै सरकारसँग सहमतिमा आएको सिके राउत समूह मुख्य छन्।

कान्तिपुरले नै 'लगानी सम्मेलनलाई ३०.५ खर्बका आयोजना' शिर्षकमा समाचार प्रकाशित गरेको छ। कान्तिपुर लेख्छ सरकारले लगानी सम्मेलनमा साढे ३० खर्बका ६३ आयोजनामा लगानीका आह्वान गर्ने भएको छ। शुक्रबार बसेको लगानी बोर्डको बैठकले सम्मेलनका लागि सरकारी र निजी क्षेत्रका ६३ आयोजना प्रस्तुत गर्ने निर्णय गरेको हो।

शनिबारको अन्नपूर्ण पोष्ट दैनिकले 'छोरीको जीवन गर्भमा मात्रै' शिर्षकको समाचारलाई प्राथमिकता दिएको छ। 'छोरा मोहका कारण महिलाले छोरीको भ्रृण हत्या गर्ने क्रम बढेको छ। लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन्। सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परिक्षण गराउँछन्।', अन्नपूर्ण पोष्टमा खबर छ। 
यस्तै अन्नपूर्णले नै संसदकै यस्तो हालत भन्ने शिर्षकको समाचारलाईसमेत पहिलो पृष्ठमा स्थान दिएको छ। संसदभित्र गरिएको अनुगमनका क्रममा संसद सचिवालयले प्रयोग गर्ने समानहरु भद्रगोल अवस्थामा फेला परेका थिए।

यस्तै नयाँ पत्रिका दैनिकले भने स्थापित व्यवसायिक घरानाका नयाँ पुस्ताका बारे समाचार प्रकाशित गरेको छ। व्यवसायिक घरानाका कान्छो पुस्ता शिर्षकमा प्रकाशित समाचारमा उनीहरु कहाँ छन् र के गरिरहेको छन् भन्ने कुरालाई प्राथमिकता दिइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।