आइतबार, साउन १७, २०८३

पूर्वराजाले भने– ‘देशमा शान्ति छैन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको समथल भूमिलाई मधेश नभएर तराई सम्बोधन गर्न आग्रह गरेका छन्। विगत तीन दिनदेखि जनकपुरलाई केन्द्र बनाएर मधेश भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले शुक्रबार जानकी मन्दिरमा पूजाअर्चनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्।

यसअघि सञ्चारकर्मीहरुले ‘पछिल्ला तीनको मधेश भ्रमणको क्रममा के देख्नु भयो’ भत्रे प्रश्न गरेका थिए। पूर्वराजा शाहले भने, ‘हामी पहिलेदेखि नै तराई भन्दै आएका छौं। हामी तराई भन्छौं त्यो नेपालकै एक भू–भाग हो।’

अरु कुनै कुराभन्दा मुलुकमा शान्ति कायम हुनुपर्ने आफूहरुको इच्छा रहेको बताउँदै पूर्वराजा शाहले भने, ‘सबै नेपाली जहाँ बसेपनि सुख र शान्तिले बसोस हामी यहि चाहेका हौं।’

अहिले मुलुकमा प्रगति र शान्ति आउन नसकेको उनको भनाई थियो। मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे सञ्चारकर्मीहरुको जिज्ञासामा पूर्वराजा शाहले भने, ‘देशमा शान्ति व्यवस्था कस्तो छ, जनतलाई सोध्नुस, उनीहको मनोबल खसेको छ।’

तीन दिनदेखि मधेशमा भ्रमणमा रहेका पूर्वराजा शाहले पहिलो पटक जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गरेर आफ्नो धारणा राखेका छन्। ज्ञानेन्द्रले जानकी मन्दिरमा करिब १० मिनेटसम्म पूजा गरेका थिए। उनलाई मन्दिरका महन्थ रामतपेश्वर दासले पूजा गराएका थिए।

यसअघि पूर्वराजा आउने भएपछि ठुलो संख्यामा उनका समर्थकहरु जानकी मन्दिर पुगेका थिए। गाजाबाजासहित जानकी मन्दिर पुगेका पूर्वराजाका समर्थकहरु, ‘राजा आउ, देश बचाउ’ जस्ता नाराहरु लगाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।