आइतबार, साउन १७, २०८३

संघीयता असफल पार्ने चलखेल बढ्यो : सभामुख महरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– संघीय सरकारका सभामुख कृष्ण बहादुर महराले देशमा पछिल्लो समय संघीयता बिरोधी गतिबिधि बढेको बताएका छन्। 

शुक्रबार धनगढीमा प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सभामुख महराले संघीयता असफल पार्ने चलखेल सुरु भएको भन्दै त्यस्तो कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। ठुलो त्याग र बलिदानीबाट मुलुकले संघीयता पाएको भन्दै महराले यसलाई असफल पार्ने गतिबिधि बारे सबै सचेत हुन जरुरी रहेको बताए। 

संघीयता असफल होस् भन्ने केही तत्व रहेको उनले बताए। ‘संबिधानको कार्यान्वयन नै अहिलेको सरकारको प्रमुख दायित्व हो’, महराले भने, ‘कतैबाट संघीयता बिरोधी गतिविधि भएमा जनतालाई स्वीकार्य हुँदैन।’ प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्छ भन्ने मान्यता आफ्नो रहेको उनले बताए। त्यसका लागि चाहिने बिधेयक चाँडो ल्याउन आफूले सरकारलाई घचघच्याई रहेको भन्दै महराले प्रदेश सम्बन्धि बिधेयक ल्याउन सरकार ढिलो गरिरहेको बताए। खेलकुदका माध्यमबाट युवाशक्तिलाई राष्ट्रिय बिकासमा जोड्न सहयोग पुग्ने औंल्याए। 

समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खेलकुदका माध्यमले सबैलाई राष्ट्रिय एकताको सुत्राधारमा बाध्न सहयोग पुग्ने बताए। यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सबै प्रदेशलाई जोड्ने गरि भएको खेलकुद प्रतियोगिता प्रदेश सरकारको स्रहानिय कार्य भएको बताए। समारोहमा प्रदेशका सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल बहादुर रावल, प्रदेश नं. १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेलगायतले सफलतताको शुभकामना दिए। 

प्रदेश सकारका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बिभिन्न झाकी तथा सांस्कृतिक प्रस्तुती गरिएको थियो। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मत्रालयको आयोजनाको भएको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता चैत्र ३ गतेसम्म संचालन हुनेछ।

सात वटै प्रदेशका गरी छ सय ४४ खेलाडीको सहभागिता रहेको खेलकुद प्रतियोगितामा भलिवल, क्रिक्रेट, फूटवल र ब्याटमेन्टन गरी चार वटा खेल समावेश छन्। प्रतियोगिताको औपचारीक उद्घाटन शुक्रबार भए पनि खेलहरु भने फागुन २९ गतेदेखि नै धनगढीमा सुरु भएका थिए। प्रतियोगितामा प्रथमलाई १५ लाख, दोस्रो ८ लाख र तेस्रोलाई ५ लाख नगद पुरस्कार तथा प्रथम हुने प्रदेशका खेलाडीलाई जनही १० हजार नगद पुरस्कारको ब्यवस्था गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।