आइतबार, साउन १७, २०८३

२०७६ मा कुनकुन दिनमा सार्वजनिक विदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सरकारले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ का सार्वजनिक विदा सार्वजनिक गरेको छ। शुक्रबार गृहमन्त्रालयले सार्वजनिक गरेको राजपत्रमा प्रकाशित सूचना अनुसार वर्षभरी १५ दिन सार्वजनिक विदा परेको छत।

बैशाखमा दुई दिन सार्वजनिक बिदा परेको छ। वैशाखमा नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार सार्वजनिक विदा दिइएको छ। यस्तै जेठ महिनामा ४ गते शनिबार बुद्धजयन्ति तथा उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ।

असार, साउन र भदौ सार्वजनिक विदा परेको छैन। संविधन दिवसको अवसरमा असोज ३ गते शुक्रबार सार्वजनिक विदा दिइएको छ। असोजमै १८ गते शनिबारदेखि २२ बुधबारसम्म (फूलपातीदेखि एकादशी)सम्म ५ दिन सार्वजनिक विदा दिइएको छ।

कात्तिक महिनामा तिहारको अवसरमा १० गते देखि १२ गतेसम्म तीन दिन सार्वजनिक विदा दिइएको छ। 

मंसिर, पुस र माघ महिनामा पनि सार्वजनिक विदा परेको छैन। फागुनमा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ। त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ।

चैतमा पनि सार्वजनिक विदा परेको छैन। यस्तै भदौ महिनामा महिला कर्मचारीहरुलाई १६ गते सोमबार तीजका दिन सार्वजनिक विदा दिइएको छ भने जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते आइतबार सार्वजनिक विदा दिइएको छ। मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका कर्मचारीलाई पनि विदा दिइएको छ। 

शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ।















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।