आइतबार, साउन १७, २०८३

तोकिएकै समयमा बन्ने भयो फास्ट ट्रयाक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने भएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार बसेको बैठकले निर्माणको काम तोकिएकै समयमा पुरा हुने निष्कर्ष निकालेको हो।

समितिअन्तर्गतको उपसमितिले सो द्रुतमार्गको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा नेपाली सेनाले निर्माण गरिरहेको सो द्रुतमार्ग निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गरिएको छ। ७६ दशमलव २ किलोमिटर लम्बाइ रहेको द्रुतमार्गको ५४ किलोमिटरको काम नेपाली सेनाले सम्पन्न गरिसकेको छ । समितिकी सभापति कल्याणी खड्काले स्थलगत अवलोकनको क्रममा द्रुतमार्गको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताइन्। खड्काले द्रुतमार्गको स्थलगत अवलोकनसम्बन्धी प्रतिवेदन पेश गर्दै नेपाली सेनाले द्रुतमार्ग निर्माणको काम प्रभावकारी ढंगले अघि बढाएको पनि जानकारी दिइन्।

प्रतिवेदनमा द्रुतमार्गको काम विनाअवरोध अघि बढाउन सम्बन्धित स्थानीय तहसँग सहकार्यका साथ अघि बढ्न पनि नेपाली सेनालाई सुझाव दिइएको छ। त्यसैगरी स्थानीय स्तरमा भएका निर्माण सामग्रीको पनि उचित प्रयोगमा ध्यान दिन नेपाली सेनालाई सुझाव दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। स्थानीय निर्माण सामग्री प्रयोगमा कानुनी जटिलता देखिएको उल्लेख गर्दै प्रतिवेदनमा त्यसको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सचेत गराइएको छ।

२०७४ साल वैशाख २१ गते तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ४ वर्षभित्र निर्माण कार्य सम्पन्न हुनेगरी द्रुतमार्गको निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सो आयोजनाको निर्माणका लागि एक खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।