आइतबार, साउन १७, २०८३

माथिल्लो तामाकोसीको बस भीरमा खस्यो, २ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दोलखा- माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बस दोलखामा दुर्घटना हुँदा दुई जना मजदुरको मृत्यु भएको छ ।

कम्पनीले भाडामा लिएको बा ४ ख ४५७३ नम्बरको बस शुक्रबार बिहान बिगु गाउँपालिका–१ नयाँ बाटोबाट करिब ३० मिटर तल खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार दुर्घटनामा परि सुर्खेतको चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हिराप्रसाद मिजारको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, घाइतेमध्ये ४ को अवस्था गम्भीर छ । बस दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।