आइतबार, साउन १७, २०८३

५९ हजार कर्मचारी समायोजन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सरकारले समायोजन रोजेका ५९ हजार सात कर्मचारीलाई समायोजन गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन महाशाखा प्रमुख केदार पनेरुले अहिलेसम्म ५९ हजार सात कर्मचारीलाई समायोजन गरिएको जानकारी गराए। उनका अनुसार सङ्घमा ३८ हजार ५०९, प्रदेशमा नौ हजार ५६२ र स्थानीय तहमा नौ हजार ४५९ कर्मचारी र फाजिलमा एक हजार ४०७ कर्मचारीलाई समायोजन गरिएको छ।

समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अब करिब १८ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका छन्। उनले स्वास्थ्य सेवा समूह, इञ्जिनीयर, वन समूहका कर्मचारी मात्र समायोजन गर्न बाँकी रहेको जानकारी गराए।

यसैगरी समायोजनमा सेवा समूह नमिलेका करिब एक हजार ३०० कर्मचारीलाई मिल्दो समूहमा समायोजन गर्नेसमेत उनले बताए। सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ। मन्त्रालयले ५६ सचिव र ६७६ सहसचिवमध्ये सङ्घमा ५७४ र प्रदेशमा १०२ समायोजन गरेको छ।रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।