काठमाडौं- तालिबानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ पुगेका नेपालीहरू घर आउनका लागि आतुर भएका छन्।
स्थानीय होटेलमा पनि कयौं नेपाली लुकेर बसेका छन्। तिनको संख्या कति छ भन्ने यकिन छैन।
व्यक्तिगत सम्पर्कमा रहेका कतिपय नेपालीले आफैं अनलाइन दर्ता फारम भर्न सक्ने अवस्था नरहेको तथा काठमाडौंमा सम्पर्क गर्न पनि नसकेको जनाएका छन्। कति नेपालीसँग भिसा छैन भने कतिको कागजात छैन र कुन अवस्था कति छन् भन्ने यकिन छैन।
परराष्ट्र मन्त्रालयले जनाएअनुसार राजधानी काबुलस्थित संयुक्त राष्ट्रसंघीय मिसन तथा संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफको कार्यालय सुरक्षामा चार सय ७० नेपाली कार्यरत छन्।
परराष्ट्रले काबुलका नेपालीलाई धमाधम नेपाल ल्याइरहेको जनाएको छ। बुधबार साँझसम्म दुई सय ८८ जना देश भित्रिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रले काबुलका नेपालीलाई धमाधम नेपाल ल्याइरहेको जनाएको छ। बुधबार साँझसम्म दुई सय ८८ जना देश भित्रिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार सम्ममा ग्रिनजोनमा कार्यरत करिब एक हजारजनालाई काबुलबाट उद्धार गर्ने योजना रहेको छ।
फर्किएका नेपालीहरूलाई नेपाली सेनाले राजधानीको सामाखुसीस्थित आइसोलेसन केन्द्रमा राख्ने व्यवस्था गरिएको छ। उनीहरूको आवश्यक कागजपत्र परीक्षण गरिने, कोरोनाभाइरसको एन्टिजेन जाँच गरिने र प्रक्रिया पुर्याएर होम आइसोलेसनमा जाने मिल्नेगरी व्यवस्था गरिने तयारी रहेको छ।
परराष्ट्रका अनुसार कन्सुलर सेवा विभागको वेबसाइटमा दुई सय ९६ जना नेपालीले बुधबार साँझसम्म आफ्नो विवरण दर्ता गराएका छन्।
अफगानिस्तानबाट नेपाल फर्किन चाहने नेपालीले अनलाइन रजिस्ट्रेसन गर्न, भाइबर र ह्वाट्सएपबाट आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।
काबुलका झण्डै २० भन्दा बढी दूतावास, अन्तर्राष्ट्रिय संस्था, राष्ट्रसंघीय निकायमा कार्यरत हजारभन्दा बढी स्थानीय अफगानीको जीवन साँच्चै संकटमा परेका छ।
दूतावासमा काम गर्नेहरू अफगानीको तारोमा
काबुलको विदेशी नियोग तथा कुटनीतिक कार्यलयहरूमा काम गर्नेहरू तालिवानको तारोमा परेका बताइएको छ। कतिपयले बेलायता लगायतको शरण मागिरहेका छन्।
त्यस्ता कतिपय स्थानीयहरू लुकुछिपी बसिरहेका छन्। कतिपय व्यक्तिको फोटो नै बोकेर तालिवानीहरूले खोजिरहेको समाचाहरू पनि आएका छन्।
तालिवानी सरकारले आममाफी दिने घोषणा गरेको भए पनि भित्रभित्र भने प्रतिशोधको नीतिलाई नै निरन्तरता नै दिइएको स्थानीय आफगानीहरूले समाचारसंस्थाहरूलाई बताएका छन्।
‘कतिपय साथीहरूलाई आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा लगेका छन्,’ एक अफगानीले भने।
काबुलका झण्डै २० भन्दा बढी दूतावास, अन्तर्राष्ट्रिय संस्था, राष्ट्रसंघीय निकायमा कार्यरत हजारभन्दा बढी स्थानीय अफगानीको जीवन साँच्चै संकटमा परेका छ।
दातृ निकायको सहयोगमा सञ्चालित गैरसरकारी संस्थाहरूका कार्यरत अफगानीहरू पनि तालिवानको निसानामा परेको समाचार संस्थाहरूले जनाएका छन्।
सञ्चारमाध्यमको कार्यालय रहेका भवनमा पनि तालिवनहरूले खोजतलास थालेको बताइएको छ।