आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डको खुलासा – विप्लव मलाई मार्ने योजना बनाउँदै छन्

प्रचण्डको खुलासा – विप्लव मलाई मार्ने योजना बनाउँदै छन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव नेतृत्वको नेकपाले आफूलाई पहिलो चरणमा मार्ने योजना बनाएको सूचना आफूलाई प्राप्त भएको खुलासा गरेका छन्। बिहीबार शहीद तथा बेपत्ता योद्धाहरुको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रण्डले विप्लव नेतृत्वको नेकपाले आफूलाई नै पहिलो चरणमा मार्ने टिम परिचालन गरेको जानकारी सरकारले गराएको उल्लेख गर्दै उनीहरुको गतिविधि देखेर आफूलाई दया जागेर आएको प्रतिक्रिया दिएका हुन्।

‘प्रचण्डको नक्कल गरेर प्रचण्ड हुन चाहन्छु भन्यो भने त्यो भ्रम हुन्छ’, उनले भने, ‘केही परिवर्तन गर्न चाहनुहुन्छ भने नयाँ बाटो खोज्नुहोस्। इतिहास एक पटक बन्छ। प्रचण्ड नै बन्छु भनेर मेरो बाटोमा हिड्नु भ्रमपूर्ण हुन्छ।’ प्रचण्डले विप्लवलाई ‘विद्रोहको कलाविहीन नाटक’ नदेखाउन सचेत आग्रह गरेका छन्। 

अध्यक्ष प्रचण्डले विप्लव समुहलाई हिजो सबै लडेका आफ्नै साथीहरुको सरकार छन्, अनि परिस्थिति हेर्नु पर्दैन? भन्दै विप्लव समूहलाई प्रतिप्रश्न गरेकाछन्।

फरक प्रसंगमा बोल्दै प्रचण्डले देशमा जे जति परिवर्तन भएको त्यसको पछाडि तिनै महान् सहिदहरु र बेपत्ता योद्धाहरुको त्याग र तपस्या नै मुख्य कारण भएका बताए। 

सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले भने, ‘एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ। आफूले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि हो।’

अध्यक्ष प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउनेसहित तथा वेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको जनाएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।