काठमाडौं - शेयर बजार बढ्ने क्रम बिहीबार पनि जारी रहेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ४ बिन्दुले बढेर एक हजार १५५ दशमलव ५० बिन्दुमा पुगेको छ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ३६ बिन्दुले बढेर २४६ दशमलव १० बिन्दुमा पुगेको छ। बढेको बजारमा कारोवार रकममा समेत वृद्धि भएको छ। कूल १७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता शेयर रु ४८ करोड ५८ लाख ७७ हजार ९३१ मूल्यमा खरीद बिक्री भए। कारोवार भएका दश उपसमूहमध्ये बिहीबार उत्पादन उपसमूहको मात्रै शेयर घटेको छ। सो उपसमूहको शेयर ० दशमलव २३ बिन्दुले घट्दा बैंकिङ ४ दशमलव ५९, होटल ४० दशमलव ०९, विकास बैंक २२ दशमलव ५४, जलविद्युत् ४ दशमलव ६७, वित्त ५ दशमलव ०५, निर्जीवन बीमा २२ दशमलव ०८, अन्य २ दशमलव ३, लघुवित्त २ दशमलव ११ र जीवन बीमा ५ दशमलव ३७ बिन्दुले बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४