आइतबार, साउन १७, २०८३

निर्मला हत्या प्रकरण : ६ प्रहरी धराैटीमा रिहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - कञ्चनपुर जिल्ला अदालतले निर्मला पन्त हत्याकान्डमा प्रमाण नष्ट र यातना विरुद्ध परेको मुद्दामा प्रतिवादी ६ जनालाई तारेखमा रिहा गर्न आदेश दिएको छ। बिहीबार जिल्ला अदालतमा भएको थुनछेक बहसमा जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल ईजलासले धरौटीमा उनीहरुलाई छोडी अनुसन्धान गर्न आदेश दिएको हो।

जिल्ला अदालतका श्रेस्तेदार हरीकृष्ण अवस्थीले डिएसपी ज्ञानबहादुर सेठ्ठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई जनही ९/९ लाख धरौटी लगेर छोड्न आदेश भएको जानकारी दिए। उनका अनुसार, प्रहरी निरीक्षक जगदिश भट्टलाई चार लाख, हरी सिंह धामीलाई तीन लाख पचास हजार, रामसिंह धामीलाई तीन लाख र चाँदनी साउदलाई दुई लाख पचास हजार धरौटी लगेर तारेखमा छोड्न आदेश भएको छ।
मुद्दाको थुनछेक बहसका लागि वरिष्ठ अधिवक्ता थानेश्वर भट्ट रहेको एक सदस्यीय 'एमिकस क्यूरी' गठन गरिएको थियो। गत बुधबार दर्ता भएको मुद्दाको बिहिवारबाट बयान लिने काम सुरु भएको थियो । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसी भने फरार सुचिमै छन्।

गत पुस ३ गते निर्मला पन्तकी आमा दुर्गादेवीले छोरीको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसूरमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्टसहित आठ प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी थिइन्। उक्त घटनामा प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका भीमदत्तनगरपालिका–१९ बाघफाँटाका दिलिपसिंह विष्टका दाजु खड्का विष्टले भाइ दिलीपलाई अनुसन्धानका क्रममा प्रहरी हिरासतमा यातना दिएको भन्दै प्रहरी प्रमुख विष्टसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।