आइतबार, साउन १७, २०८३

साहित्यकार गोपर्माको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - साहित्यकार पासाङ गोपर्माको ८६ वर्षको उमेरमा निधन भएको छ। तत्कालीन राष्ट्रिय पञ्चायतका  उपाध्यक्ष एवम् तत्कालीन गाउँ फर्क राष्ट्रिय अभियानका अध्यक्ष गोपर्मा विगत सात वर्षदेखि मुटु र मधुमेह रोगबाट पीडित थिए।

बुद्ध धर्म र दर्शनका व्याख्याता रहेका गोपर्माका बालसाहित्य र लोकसाहित्यसँग सम्बन्धित धेरै कृतिहरु प्रकाशित छन्। गोपर्माका बुहारी, नौगेडी, शारीरिक शिक्षा, बुद्ध बोलीका कथाहरु र उहाँमाथि आरोपहरुलगायतका कृति चर्चित छन्। उनले अन्नपूर्ण पोस्ट्मा लामो समयसम्म 'नेपालमा पहिलो जापानी' स्तम्भ लेखेका थिए।

गोपर्माको शव राजधानीको बौद्धमा बौद्ध परम्पराअनुसार  पूजाआजा गरी  पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ। दिवंगत गोपर्माका एक छोरा, बुहारी, नाति र नातिनी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।