इलाम - इलामको माइपोखरी नजिक आगलागी भएको छ। सन्दकपुर गाउँपालिकास्थित माइपोखरी नजिक रहेका घरमा आगलागी भएको हो। आगलागीमा परी ४ घर जलेर नष्ट भएका छन्। स्थानीय चक्र मुखियाको घरबाट सुरु भएको आगो निम्दोर्जे शेर्पा, कमल मुखिया र लाक्पा शेर्पाको घरमासमेत फैलिएपछि उनीहरुको घरसमेत जलेर नष्ट भएको हो। आगो दिउँसो १ बजेबाट फैलिएको र अन्य स्थानमा फैलन नदिन सेना, प्रहरी तथा स्थानीयले दमकलको सहायतामा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ। आगोबाट के कती क्षती भयो भन्ने बारे विवरण संकलन भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४