काठमाडौं- सव डिभिजन वन कार्यालय, तारानगर कैलालीका सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी (मध्यस्थकर्ता) पुष्प जोशीले भ्रष्टचार गरेको फेला परेको छ।
उनीहरुले वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिन्छु भनी सेवाग्राहीसँग तीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हाे। सूचना एवं उजुरीको आधारमा अयोगको कार्यालय, कञ्चनपुरबाट खटिइ गएको टोलीले उनीहरू सहायक वन अधिकृत शाह र लेखापढी व्यवसायी (मध्यस्थकर्ता) जोशीलाई नियन्त्रणमा लिइएको छ।
सव डिभिजन वन कार्यालय परिसरबाट बुधबार नियन्त्रणमा लिइएकाे उनीहरूलार्इ अनुसन्धान कार्य अघि बढाइएको अायाेगले जानकारी गराएकाे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४