आइतबार, साउन १७, २०८३

घटना खुलासा नहुँदै दर्पन पुगे प्रहरी खोरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - बझाङमा व्यक्ति हत्या घटना सार्वजनिक नहुँदै हत्यामा संलग्न अभियुक्त प्रहरी हिरासतमा परेका छन्। घटनापश्चात् अभियुक्तले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिएनन्। उनले मदिरा सेवन गरि बजारमा होहल्ला गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। 

घटना  मंगलबार रातिको हो। जिल्ला प्रहरी कार्यालयको हटलाईनमा कसैले फोन गरेर एक जनाले सदरमुकामका केही घर पसलहरुमा तोेडफोड गर्दै हिडिरहेको जानकारी गराएपछि प्रहरी गस्तीमा निस्कियो। पछ्याउँदै गएको प्रहरीले एक जना शंकास्पद मानिसलाई सदरमुकाम नजिकै रहेको बाहुलीगाड पुलमा भेट्यो। प्रहरी देखेपछि पुलको छेउबाट हामफाल्दै भाग्न खोज्ने ती व्यक्तीलाई राती १२ बजेतिर प्रहरीले पक्राउ गर्यो। पक्राउ पर्ने व्यक्ति थिए, सुर्मा गाउँपालिका १ दौलीचौरका २५ वर्षीय दर्पन बोहरा। मदिराको मातमा रहेका बोहोराले राति कतै घटना घटाउन सक्छ भन्ने आशंकामा प्रहरीले उनलाई हिरासतमै राखेको थियो।

बुधबार बिहानै सदरमुकामकै चौगाउ टोलमा एक जना युवकको लास भेटियो। बीच सडकमा रक्ताम्मे अवस्थामा भेटिएको लास पनि सुर्मा १ दौलीचौरकै ३५ वर्षका धर्क बहादुर बोहोराको थियो। बीच सदरमुकाममा हत्या भएको घटनाले एकाएक सदरमुकाममा सन्त्रास फैलियो। जिल्लाको शान्ति सुरक्षाप्रति प्रश्न उठाउँदै पीडितका आफन्त र सदरमुकामवासीहरु जिल्ला प्रशासन कार्यालयको गेटमा नाराबाजी गर्न थाले। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रविण धितालले मदिरा सेवन गरि हल्ला गरेको भन्दै अघिल्लो राति नियन्त्रणमा लिएका तिनै बोहोरामा शंका गरे। प्रहरीले १० बजेतिर छोड्ने तयारी गरिरहेको बेला उनै माथि शंका लागेर सोधपुछ गर्दा अभियोग स्वीकार गरेको धितालले बताए। 'शंका लागेर सोधपुछ गर्‍यौं’, धितालले भने, ‘नभन्दै उसको लुुगामा रगतका टाटा देखिए। हत्याको कुरा गर्ने वित्तिकै उ आत्तियो। केहीबेरमै हत्या स्वीकार गर्‍यो।'

यसरी घटना सार्वजनिक हुनुपूर्व नै अपराधी हिरासतमा पुगेको थाहा पाएपछि आफु अच्चमित भएका डिएसपीले भने। ‘मेरो करियरको अवधिमा यस्तो संयोग जुरेको पहिलो पटक हो। पाप धुरीबाट कराउँछ भने जस्तै भएको हो’, उनले भने। घटना सार्वजनिक भएको २ घण्टाभित्रै अभियुक्त पक्राउ परेको खबर आएपछि जिल्ला प्रशासन कार्यालयमा भइरहेको तनाव समेत साम्य भएको थियो। प्रहरीलाई तत्काल हत्यारा पत्ता लगाउन चुनौती भैरहेको बेलामा अभियुक्त प्रहरी हिरासतमै भेटिएपछि आफुहरुलाई निकै राहत महसुस भएको धितालले प्रतिक्रिया दिए।

हत्या स्वीकार गरेका दर्पनले यार्साको रकम लेनदेनको विषयमा विवाद भएपछि ढुङ्गाले हानेर मारेको स्वीकार गरेका डिएसपी धितालले बताए। मृतक र आफुले मंगलबार साँझबाट नै संगै मदिरा सेवन गरेको बताउने दर्पणले रक्सी खाने क्रममा रकम लेनदेनको कुरा उठेको बताए। आफुले यार्साको रकम माग्न थालेपछि धर्क त्यहाँबाट भागेको र उसलाई लखेट्दै गएर ढुङ्गाले हानेपछि ढलेको दर्पनले बताए। ‘दुबै जनाले अत्याधिक मात्रामा मदिरा सेवन गरेका रहेछन। मृतक मातेर भाग्नै नसक्ने अवस्थामा भएका कारण पनि ढुङ्गाले हानेर हत्या गर्न सजिलो भएको देखिएको छ’, डिएसपी धितालले भने। हत्या स्वीकार गरेका दर्पनमाथि थप अनुसन्धान भैरहेको र छिट्टै आवश्यक प्रमाणसहित अदालत पेस गरिने उनले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।