आइतबार, साउन १७, २०८३

मिथिला मध्यमा परिक्रमामा सिलिन्डर विष्फाेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - बेलुनमा भर्ने ग्यास सिलिन्डर विष्फोट हुँदा मिथिला मध्यमा परिक्रमामा सहभागी २ जना घाइते भएका छन्। घाइते हुनेमा महोत्तरी औरही नगरपालिका बस्ने अन्दाजी ४० वर्षका खेलौना व्यवसायी उपेन्द्र कापड र गौशाला नगरपालिका बस्ने ५१ वर्षीय अविरुद्धिन चुरेटे रहेको प्रहरीले जनाएको छ। १५ दिने मिथिला मध्यमा परिक्रमा महोत्तरीको कञ्चनवनबाट धनुषाको पर्वतातर्फ हिँड्नै लाग्दा बिहीबार बिहान ग्यास सिलिन्डर विष्फोट भएको बताइएको छ।

विष्फोटमा परि घाइते भएका दुबैजनालाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएपनि कापडको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि बाहिर रेफर गरिएको छ। कापडको देब्रे खुट्टामा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन ।

मेलाहरुमा खेलौनाका व्यवसाय गर्दै आएका कापडले धनुषाको पर्वता पुग्न सबै समान ठिक पारिसकेपछि पानी छर्केर ग्यास सिलिन्डर चिसो पार्न खोज्दा अचानक विष्फोट भएको बताइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।