आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ रणनीति तय गर्दै सिके राउत : डाके राष्ट्रिय परिषद् बैठक

नयाँ रणनीति तय गर्दै सिके राउत : डाके राष्ट्रिय परिषद् बैठक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- सरकारसँग ११ बुँदे सहमति गरेर मौन बसेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले नयाँ रणनीति तय गर्ने तयारीमा जुटेका छन् । त्यसका लागि उनले रािष्ट्रय परिषद् बैठक बोलाएका छन् । गठबन्धनले केन्द्रीय समितिलाई राष्ट्रिय परिषद्को नाम दिएको हो ।

सम्झौतापछि विभित्र खाले टीकाटिप्पणी र आशंका भइरहेका बेला राउतले आगामी चैत ४ र ५ गते जनकपुरमा राष्ट्रिय परिषद्को बैठक बोलाएका हुन् । जनकपुरमा दुई दिनसम्म चल्ने बैठकले गठबन्धनको आगामी रणनीति तय गर्ने बताइएको छ ।

जनकपुरमा बस्ने परिषद्को बैठकले आगामी रणनीतिबारे निर्णय गर्ने गठबबन्धनका सहसंयोजक चन्दन सिंहले बताएका छन् । सिंहका अनुसार बैठकमा मधेसका सबै जिल्लाबाट परिषद्का सदस्यहरु सहभागी हुने जानकारी दिएका छन् । सरकारसँग भएको सहमतिअनुसार मूलधारको राजनीतिमा आउने विकल्प खुले पनि परिषद् बैठकले थप निर्णय गर्ने उनको भनाइ थियो ।

सरकारसँग भएको सहमतिपछि गठबन्धनको आधिकारिक प्रतिक्रिया आउन नसकेकोे नेपाल समयको जिज्ञासामा सिंहले भने, ‘सहमतिपत्रमा सबै कुरा स्पष्ट छ, कुनै प्रतिक्रिया दिन हामीले आवश्यक ठानेका छैनौं ।’ सहमतिपत्रको दोस्रो बुँदामा उल्लेख भएको ‘जअभिमत’ भत्रे शब्दको अर्थ जनमतसंग्रह पनि रहेको उनको दाबी थियो ।

यद्यपि बिहीबारमात्रै सरकारका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सिके राउतसँग जनमतसंग्रहबारे कुनै सम्झौता नभएको प्रष्ट पारेका छन् । पण्डितले ११ बुँदे सहमतिविपरित कुनै गतिविधि भए सरकार चुप लागेर नबस्ने उनको चेतावनी थियो । सरकारसँग सहमति भएलगत्तै विखण्डनको राजनीति गरिरहेका सिके राउत मूलधारको राजनीतिमा आइसकेको पण्डितले जिकिर गरे ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।