धनगढी- कैलालीका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीको जोशिपुर गाउँपालिका वडा नम्बर ५,६,७ को वडा कार्यालय अगाडी र घोडाघोडी नगरपालिकाको साडेपानीमा शंकास्पद वस्तु फेला परेका हुन्।
शंकास्पद वस्तु फेला परेको सूचना प्राप्त भए लगतै सेनालाई खबर गरिसकेको कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले बताए। अहिले तेघरी व्यारेकबाट सेनाको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी आएको प्रहरी प्रमुख तिम्सिनाले जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४