आइतबार, साउन १७, २०८३

सरकारको निर्णयपछि विप्लवविरुद्ध प्रहरी ‘एक्सन’ मा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएसँगै सुरक्षा निकायले उसका गतिविधिमाथि निगरानी बढाएको छ ।

विप्लवका गतिविधिमाथि नियन्त्रण गर्ने मन्त्रिपरिषद्को मंगलबारको निर्णयपछि गृह मन्त्रालयमा बुधबार बसेको सुरक्षा निकायहरुको बैठकले थप आक्रामक बन्ने रणनीति तय गरेको  छ । बैठकमा विप्लव समूहका गतिविधिलाई निस्तेज गर्ने योजना र त्यसलाई आवश्यक पर्ने सुरक्षा रणनीतिबारे छलफल भएको स्रोतले बतायो।

सरकारको निर्णयपछि गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई विप्लवका गतिविधि नियन्त्रण गर्न सर्कुलर जारी गरेको छ। सरकारको यो निर्णयअघि सुरक्षा निकायले विप्लवको प्रभाव र रणनीतिबारे विश्लेषणसहितको प्रतिवेदन तयार गरेर सरकारलाई बुझाएको थियो । 

गत साता नेपाली सेनाले आन्तरिक सुरक्षामा विप्लव नेकपाको समूह गतिविधि थ्रेट हुनसक्‍ने विश्लेषण गरेका थियो  । सेना दिवसको अवसर पारेर जंगीअड्डामा हालै आयोजित जर्नेल सम्मेलनमा उनीहरूले तराईमा सिके राउत र पहाडी इलाकामा विप्लव नेकपाको भौतिक र मनोवैज्ञानिक दुवै प्रभाव बढ्दै गएको भन्दै नेतृत्वको ध्यानाकर्षण गरेका थिए। 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले विप्लव समूहका हरेक गतिविधिमाथि निगरानी बढाएको जानकारी दिए । उनले भने, ‘सो समूहका नाममा हुने कुनै पनि सभा, सम्मेलनजस्ता गतिविधिमाथि निगरानी बढाइएको छ ।’ पछिल्लो समयमा राजधानीको नख्खुस्थित एनसेलको कार्यालय, बसुन्धरालगायतका ठाउँमा विप्लव समूहले बम विस्फोट गराएको थियो । 

साथै विभिन्न ठाउँमा धम्की, चन्दा आतंक र लुटपाट मच्चाएपछि सरकारले विप्लव समूहमाथि निगरानी बढाएको थियो । विप्लव नेतृत्वको नेकपाले पार्टीको गतिविधिमाथि प्रतिबन्ध लगाएर सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएको छ । उक्त पार्टीले सरकारी प्रतिबन्धको प्रतिकार गर्ने चेतावनी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।