आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री पण्डित भन्छन्- 'विप्लवविरुद्ध सरकार अझै आक्रामक बन्छ'

मन्त्री पण्डित भन्छन्- 'विप्लवविरुद्ध सरकार अझै आक्रामक बन्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेत्रविक्रम चन्द विप्लव शान्तिपूर्ण बाटोमा नआए सरकार अझै आक्रामक बन्ने चेतावनी दिएका छन् ।
 
जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान विपरित अराजनीतिक चरित्र देखाउने कसैलाई पनि सरकारले नछोड्ने चेतावनी दिएका हुन् । अझै पनि वार्ताको ढोका खुल्ला रहेको भन्दै उनले शान्तिपूर्ण बाटोमा आउन चाहनेका लागि सरकार सधै पनि खुला रहेको उनको भनाइ छ। 

विप्लव समुह आफैले स्वघोषित रुपमा वार्ताको ढोका बन्द गरेको र पटक पटक वार्तामा बोलाउँदा पनि नआएको मन्त्री पण्डितले बताए । उनले विप्लवलाई आफूहरुले युद्धमा नधकेको बरु उनको समुह आफैँ  ध्वंसात्मक गतिबिधिमा लागेको टिप्पणी गरे ।
 
यस्तै मन्त्री पण्डितले सिके राउतसँग जनमत संग्रहमा जाने विषयमा कुनै सहमति नभएको दाबी गरेका छन् । उनले जनमत संग्रह गर्ने र राउतलाई कुनै राजनीतिक पद दिने सहमती नभएको जिकीर गरे ।  

राउतले ११ बुँदे सहमति पालना नगरे सरकार चुप लागेर नबस्ने समेत चेतावनी दिएका छन् । यद्यपी उनले सहमति पालना गर्ने पण्डितले विश्वास व्यक्त गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।