आइतबार, साउन १७, २०८३

विप्लव समुहले कैलालीमा जलायो बस 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी-  नेपाल बन्दको आवह्वान गरेको नेत्रविक्रम चन्द विप्लव समुहले ठाउँ ठाउँमा आगजनीसमेत गरेको छ । विप्लवका कार्यकर्ताहरुले कैलालीमा आज बिहानै एउटा बसमा आगजनी गरेका हुन् ।

सुखडदेखि भजनीको बाटोमा गएको मे १ ख ४४१ नम्बरको बसलाई जंगलमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले स्कर्टिङ गरेर गाडीहरु गन्तब्य तर्फ पठाइरहेको भएपनि बिवाहका लागि जान लागेको भन्दै प्रहरीले रोक्दा रोकदै पनि आगजनी भएको प्रहरीले बताएको छ । 

यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुलाई तराई सित जोड्ने भीमदत्त राजमार्गको गोदावरी खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै रोक्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक आभुषण तिमिल्सिनाले जानकारी दिए । उनले  सुरक्षा ब्यवस्था कडा पारिएको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।