आइतबार, साउन १७, २०८३

बन्दसँगै ठाउँ ठाउँमा बम : स्थानीय त्रसित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहले बन्दसँगै ठाउँ ठाउँमा बम राखेर स्थानीयलाई त्रसित बनाएको छ । 

सरकारले प्रतिबन्धको घोषणा गरेसँगै आक्रामक बनेको विप्लव नेतृत्वको समुहले कैलाली, पोखरा, गोरखा, नवलपरासी, मकवानपुर, रौतहटलगायतका विभिन्न ठाउँमा बम राखेको भेटिएको छ । ठाउँ ठाउँमा बम भेटिन थालेपछि स्थानीय नागरिकहरु त्रसित देखिन थालेका छन् । आवत जावत गर्न समेत डराउन थालेका छन् । 

बिहीबार नेपाल बन्दको आह्वान गरेको विप्लव समुहले राखेको बमका कारण महेन्द्रराजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको आवतजावत नै प्रभावित भएको छ । जयश्री पुलमा शंकास्पद वस्तु भेटिएपछि यात्रुहरु त्रसित भएका छन् ।

यस्तै गोरखा जिल्लामा २ ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटोमा पर्ने भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै आँबुखैरेनी बजार नजिकै बिहीबार बिहान २ वटा बम भेटिएको प्रहरीले जनाएको छ ।
 
त्यस्तै पोखराको सभागृह चोकमा रहेको ट्राफिक बिटमा पनि बम फेला परेको छ । बिहान भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको  छ। बम विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको प्रहरीको अनुमान छ।

यसैगरी रौतहटको गौर चन्द्रनिगहापुरा सडक खण्डअन्तर्गत पर्ने हरसाहमा बम भेटिएको छ । यस्तै मकवानपुरको हेटौडा औद्योगिक क्षेत्रको मुल गेटमा पनि बम फेला परेको छ । दुबै ठाउँमा भेटिएकाे बम नेपाली सेनाको बम डिस्पोजल टोलीले  निस्कृय बनाएको छ ।

यस्तै कैलालीका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीको जोशिपुर गाउँपालिका वडा नम्बर ५,६,७  को वडा कार्यालय अगाडी र घोडाघोडी नगरपालिकाको साडेपानीमा शंकास्पद वस्तु फेला परेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।