काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव आशिंक रुपमा परेको छ । बन्दका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा लामो दुरीका सवारीसाधन चलेका छैनन् भने विद्यालय, बजार, कलकारखानाहरु ठप्प भएका छन् ।
बन्दको सबैभन्दा बढि प्रभाव सुदुरपश्चिम प्रदेश, कर्णली प्रदेश र प्रदेश नम्बर ५ मा परेका हाम्रा संवाददाताहरुले जनाएका छन् । यी क्षेत्रमा छोटो दुरीका सवारी साधन पनि गुडेका छैनन् । ठाउँ ठाउँमा शंकास्पद वस्तुहरु फेला परेका छन् भने स्थानीय त्रसित भएका छन् ।
बन्दको असर काठमाडौं उपत्यकामा भने न्यून मात्रामा परेको छ । स्कूल, कलकारखान नखुले पनि चक्रपथ र भित्रि सडकमा गुड्ने सवारीहरु हल्का मात्रामा चलेका छन् । मोटरसाइकलहरु भने निर्वाध रुपमा गुडिरहेका छन् । बजार पसर पनि पालतो मात्रामा खुलेका छन् । सर्वसाधरणले भने बन्दका कारण सास्ति खेप्नु परेको छ ।
विप्लव समूहले आह्वान गरेको बन्दलाई निस्प्रभावी बनाउन राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् । प्रहरीले बन्दसँग नडराउन भन्दै बुधबार साँझ नै विज्ञप्ती जारी गरेको थियो । अहिलेसम्म बन्दका कारण कहि कतै क्षती नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४