आइतबार, साउन १७, २०८३

विप्लवमाथिको  प्रतिबन्धले नेकपाभित्रै सल्कियो आगो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएसँगै उत्पन्न भएको तरंगलाई मुख्य समाचार बनाएका छन् ।

सरकारले मंगलबार प्रतिबन्धको निर्णय गरेसँगै त्यसको विभिन्न पक्षबाट विरोध भइरहेको छ भने स्वयम सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुले समेत असन्तुष्टि जनाएका छन् । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहितका नेताले सरकारको निर्णय अपरिपक्व भएको भने निष्कर्ष निकालेका छन् । प्रचण्ड निवासमा बुधबार बसेको बैठकले पार्टीमा सामान्य छलफलसमेत नगरेको भन्दै सरकरको निर्णयप्रति आपत्ति जनाएको थियो । 

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले प्रतिबन्धले तरंगः नेकपाभित्रै असन्तुष्टि शीर्षकमा मुख्य समाचार छापेको छ । नागरिक दैनिकले पनि विप्लवमाथि प्रतिबन्ध निर्णयले नेकपामा असन्तुष्टि शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ । नयाँ पत्रिकाले भने सैन्य दस्ता बनाउन थालेपछि विप्लवमाथि प्रतिबन्ध लगाएको भनि सरकारले दिएको प्रष्टिकरणलाई एङ्कर न्यूज बनाएको छ । 

यो विषय बाहेक आजको नागरिक दैनिकले कांग्रेसमा अझै जारी रहेको आन्तरिक कलहलाई पनि प्राथमिकताका साथ छापेको छ ।

त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणले न्यायाधीशहरूलाई अवकाश हुनुभन्दा एक महिनाअघि बिदामा बसी फैसला लेख्न निर्देशन दिएको विषयलाई पनि नागरिकले महत्वका साथ छापेको छ । न्यायाधीशले अवकाश हुने अन्तिम दिनसम्म मुद्दा हेर्ने प्रवृत्ति बढ्दै गएपछि राणाले न्यायाधीशलाई बिदा लिएर बाँकी रहेका फैसला लेख्न लिखित निर्देशन दिएका छन् । 

आजको अन्नपूर्ण पोस्ट्ले यसै विषयलाई मुख्य समाचार बनाएको छ । उसले न्यायाधशीले फैसला सक्नै पर्ने शीर्षकमा खबर लेखेको छ । प्रधानन्यायाधीश राणले अदालतमा बिचौलिया चिनेर रोक्न, न्यायाधीश र कर्मचारीको अनुशासनसमेत अनुगमन गरी प्रतिवेदन पेस गर्न मुख्य न्यायाधीशलाई अधिकारसहितको लिखित निर्देशन दिएको समाचारमा जनाइएको  छ। 

आजको नयाँ पत्रिकाले भने मेडिकल कलेजहरुले लुट मच्चाइ राखेको विषयलाई मुख्य समाचार बनाएको छ ।

एमबिबिएसका नाममा अभिभावक दोहन शीर्षकमा खबर लेखेको उसले नेसनल मेडिकल कलेजले निर्धारित शुल्कभन्दा १४ लाख बढी असुलेको, नोबेलमा कोटा भन्दा १० जना बढि विद्यार्थी भर्ना गरेको गण्डकी मेडिकल कलेजका सञ्चालक विद्यार्थीलाई लुटेर उनीहरुको बिल्लिबाठ बनाउँदै भागेको समाचारमा जनाइएको छ । गण्डकीविरुद्ध अहिले उच्च अदालत पोखरामा बहस चलिरहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।