आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको माग : 'सिकेसँगको सम्झौता के हो व्याख्या गर'

कांग्रेसको माग : 'सिकेसँगको सम्झौता के हो व्याख्या गर'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसले सिके राउतसँग गरिएको राजनीतिक सहमतिको साझा व्याख्या गर्न माग गरेको छ। गत शुक्रबार सरकार र सिकेबीच भएको ११ बुँदे सहमतिको बुँदा नम्बर २ मा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले उक्त बुँदालाई सच्याउन वा दुई पक्षबाट साझा व्याख्या गर्न माग गरे। उनले भने  'सरकारसँग दुईवटा विकल्प छन्, पहिलो बुँदा नम्बर २ सच्याउनुपर्ने र अर्को उक्त बुँदाको साझा व्याख्या गर्नुपर्ने।'

बुधबार सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘सरकार यहाँ बसेर सहमति गर्‍यौं भन्छ, सिके राउत मधेस झरेर स्वतन्त्र मधेसका पक्षमा उभिएका युवासँग टाँसिन पुगेका छन्। त्यसैले उक्त बुँदाको साझा व्याख्या गर्नैपर्छ।'

तराई–मधेशमा रहेको असन्तुष्टी हल गर्ने मूल बाटो संविधानमा संशोधन नै रहेको बताउँदै शर्माले सहमतिका ११ बुँदामा संविधान संशोधनको विषय उल्लेख नभएकोमा आपत्ती जनाए। 'कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्दा वर्तमान प्रधानमन्त्रीले त्यसलाई राष्ट्रघातको संज्ञा दिनु भएको स्मरण गर्न यतिबेला स्वभाविक भएको छ' शर्माले प्रश्न गरे “संविधान संशोधनको त्यो प्रस्ताव राष्ट्रघाती की जनमत संग्रहको यो सम्झौता राष्ट्रघाती?”
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।