काठमाडाैं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्र विक्रम चन्द 'विप्लव' लाई सरकारले प्रतिबन्ध लगाएकोमा समर्थन जनाएका छन्। उनले आतङ्ककारी गतिविधिमा संलग्न विप्लवलाई प्रतिबन्ध लगाउनु उचित रहेको दाबी गरे।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, 'सार्वजनिक एवम् निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित छ।'
उनले सिके राउतसँग सरकारले गरेको सम्झौतासमेत सकरात्मक रहेको तर, जनमतसंग्रहमा सहमति भएको भए त्यसले देशमा ठुलो दुर्भाग्य निम्त्याउने बताए। टीकापुर घटनाका दोषीले सजाय पाउँदा पीडित परिवारले न्याय पाएको बताउँदै सभापति देउवाले वाइडबडी काण्डमा भएको भ्रष्टाचारको सत्य तथ्य वाहिर ल्याउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४